मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

खजुरा गाउपालिका बाँँके वडास्तरबाट योजना छनौट गर्दै
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज,
    खजुरा गाउँपालिकामा आर्थिक वर्ष २०७६÷०७७ का लागि वडास्तरबाट योजना छनौट भइरहेका छन् । वडा नं. ३ ले पनि योजना छनौटका क्रममा शुक्रवार वडाबासीहरुको राय लिएको छ । विभिन्न टोलहरुमा योजना छनौट पछि वडा भेला गरेर राय लिएको सचिव थानेश्वर न्यौपानेले बताए । सचिव न्यौपानेका अनुसार भौतिक पूर्वाधार, आर्थिक बिकास, सामाजिक बिकास, कृषी, बाताबरण, लागु औषध, महिला बिकास लगायतका योजना माग भएका थिए । वडाध्यक्ष कान्तु राम गौतम, नेकपा नेता बेदनिधि प्याकुरेल, वडा सदस्य देउमाया थापा, गाउँपालिकाका बिज्ञ सदस्य पुर्ण चन्द्र उपाध्याय, नेपाली कांग्रेसका कमल रेग्मीको सहभागितामा वडा भेला सम्पन्न भएको थियो ।

  • ४ जेष्ठ २०७६, शनिबार १६:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित