मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज वार्ड न २० का वास्तबिक सुकुम्वासीलाई जमीनमा स्थानान्तरण गर्ने
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका –२० मनिकापुरको आदर्श मावि र विद्यालयको जग्गामा बसोवास गरिरहेका सुकुम्वासीहरुबीचको डेढ दशक अघिदेखिको विवाद साम्य पारिएको छ । सम्वाद समूह बाँकेले थालेको निरन्तर सम्वाद प्रक्रियापछि वडा न २० ले वस्ती व्यवस्थित रुपमा स्थानान्तरण गर्ने प्रतिवद्धता जनाएपछि दुवै पक्षबीच औपचारिक सहमती भएको हो । राँझा चौकस्थित विद्यालयको गायत्रीनगरमा ३ बिघा ७ कठ्ठा १४ धुर जग्गामा वर्षौदेखि सुकुम्बासी÷भूमीहिनका नाममा ८४ घरपरिवारले कब्जा गरी घर टहरा बनाएर बसेका छन् । ती मध्य कतीपय त्यहाँ नबस्ने तर घर टहरा हालेर जग्गा भने ओगटेर बसीरहेका पनि छन् ।
    अतिक्रमित जग्गा खाली गर्न गरिएको वडा र विद्यालयको हर प्रयास असफल भएपछि सम्वाद समूह बाँकेले केही महिनाअघिदेखि सरोकार पक्षसँग सम्वाद प्रक्रिया बढाएको थियो । सम्वाद समूहको सहजीकरणमा बीहीबार सुकुम्वासी÷भूमिहिन र वडा कार्यालयबीच बास्तविक सुकुम्वासीलाई विद्यालयको उत्तरतर्फ ऐलानी जमीनमा स्थानान्तरण गर्ने गरि सहमती गरिएको हो । २२ घर परिवारलाई तत्काल सार्ने र बाँकी छुट्न गएकालाई वडा कार्यालयले आगामी साउनदेखि क्रमीक रुपमा व्यवस्थान गर्ने पनि सहमती गरीएको छ । नेपालगञ्ज उपहानगरपालिकाद्धारा यस अघि गठीत अध्यन समितीले ४४ घरपरिवारलाई मात्र वास्तविक भुमिहिन ठह्राएको थियो । सम्वाद प्रक्रियाकै क्रममा सहभागी अधिकांस स्थानीयले बसोबास स्थल छोड्ने तर आफुहरुलाई बसोबासको प्रमाण पत्र दिएर उचित व्यवस्थापन गरिदिन वडा कार्यालयसँग माग गरे । गायत्री नगरमा कक्षा ९ देखि १२ सम्म पढाई संचालन भइरहेपनि बस्तीकै कारण हो हल्ला हुने, पढाईमा बाध पुग्ने लगायतका समस्याहरु झेल्नु परिरहेको थियो । राँझा चौकमा रहेको आदर्श माध्यमिक विद्यालयको भवन नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज विमानस्थल कार्यालयले अधिग्रहण गर्ने भएपछि गायत्रीनगरमा सर्नु पर्ने बाध्यात्मक स्थिती पनि सिर्जना भएको छ । दुवै स्थानमा गरेर चौध सय विद्यार्थी अध्यनरत रहेका छन् । सम्वाद प्रक्रियामा सहभागी अपाङगता भएका व्यक्ती लाल बहादुर परियारले उचित बस्ने व्यवस्थासहितका अन्य सेवा सुविधामा पनि वडाले अग्रसरता देखाउनु पर्ने माग राख्नु भयो ।
    वडा न २० का वडा अध्यक्ष कृष्णबहादुर कार्कीले विद्यालयको उत्तरतर्फको नाला (खाल्डो) लाई सोझ्याएर ऐलानी जग्गामा बस्ती सार्ने काम शुरु गरिसकिएको जानकारी दिनु भयो । वडा अध्यक्ष कार्कीकाअनुसार– १५ लाख बराबरमा माटो पटान, देवाल निर्माण र घरटहरा व्यवस्थापन लगायतका काम गरिएको छ । विद्यालय नजिकै विद्युत, पानी, सडक आदीको व्यवस्थापन पनि गरिने वडा अध्यक्ष कार्कीले प्रतिवद्धता व्यक्त गर्नु भयो । बस्ती व्यवस्थापन र शैक्षिक विकास लागि उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश बर्मा (चिन्टु)ले जानकारी दिनु भयो ।
    एकदेखि ९ कक्षासम्म सञ्चालित विद्यालय भवन अब गायत्रीनगरबाटै सञ्चालन गर्नु पर्ने स्थिती आएको विद्यालयका प्राचार्य प्रकाश आचार्यले बताउनु भयो । २००९ सालदेखि स्थानीय अगुवा राम मिलन बर्मा लगायतले घरगोठमै सञ्चालन गर्दै आएको विद्यालय २०१६ सालदेखि आदर्श जनता प्राइमरी स्कुलका नाममा सरकारी मान्यतामा छ । सम्वाद समूह बाँकेले विशेषतः सार्वजनिक सरोकारका विषयमा देखिएको विवादमा सहजीकरण गर्दै आएको छ ।

  • ४ जेष्ठ २०७६, शनिबार १६:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित