मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियामा २४ लागुऔषधको मुद्धा दर्ता
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,जेष्ठ,६। बर्दियामा लागूऔषधको २४वटा मुद्धा दर्ता भएको बर्दिया जिल्ला अदालतका मुख्य न्यायधिस किरण कुमार पोखरेलले वताएका छन् । गुलरियामा आयोजित प्रदेश नम्बर ५ को प्रदेश स्तरको प्रथम चरणको लागु औषध ओसारपसार तथा नियन्त्रण अभियानको शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा उनलसो कुरा जानकारी गराएका हुन् । लागुऔषध दुर्वसेनी रोग भएका कारण प्रत्येक जिल्लामा सुधार केन्द्र र उपचार केन्द्रको व्यवस्थापन हुनुपर्नै मुख्य न्यायधिस पोखरेलको भनाई छ । लागु पदार्थकारोवारीहरुले वालवालिका लाई समेत ओसारपसारका लागि भरियाको रुपमा प्रयोग गर्नै गरेकाले प्रहरी चनाखो हुनुपर्ने उनको भनाई छ ।

    युवाहरुलाई विभिन्न प्रलोभनमा पारी भारतका विभिन्न स्थानबाट लागु औषध नेपाल भित्रने गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले वताए । बर्दियालाई अपराध रहित जिल्ला बनाउन नेपाल प्रहरी निरन्तर लागि रहने उनले वताए । रचनात्मक कार्य गरि राष्ट्र निर्माणमा लाग्ने हाम्रा युवा जवानहरु अहिले आफनो बाटो बिराएको भन्दै अभिभावकहरु सजक भई प्रहरीलाई समेत सहयोग गर्नुपर्नै प्रहरी उपरिक्षक वास्तोलाले अनुरोध गरे ।
    लागु औषघ ओसारपसार तथा नियन्त्रण अभियानका कार्यक्रमहरु जिल्लाका आठैवटा विभिन्न स्थानिय तहमा गरिने वताईएको छ
    जिल्ला प्रहरी कार्यलय बर्दियाको आयोजनामा भएको कार्यक्रममा जिल्लाका स्थानीय जनप्रतिनिधी संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, संचाकर्मी, विद्यालयका शिक्षक विद्यार्थी, स्थानिय नागरिक समाज लगायतको उपस्थिती रहेको थियो ।

  • ६ जेष्ठ २०७६, सोमबार १३:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित