मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मिडिया काउन्सिल विधेयले स्वतन्त्र पत्रकारिताको विरुद्ध फिर्ता लैजाउ : कांग्रेसकी सचेतक पुष्पा भुसाल
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा दर्ता भएको मिडिया काउन्सिल र राष्टिय मानव अधिकार आयोग सम्बन्धी विधेयकप्रति आपत्ति जनाएको छ ।

    बुधबार प्रतिनिधिसभाको बैठकमा कांग्रेसकी सचेतक पुष्पा भुसालले मिडिया काउन्सिल विधेयले स्वतन्त्र पत्रकारिताको विरुद्ध भएको भन्दै त्यसलाई फिर्ता लिन माग गरिन् ।

    भुसालले संविधानमा उल्लेख भएको स्वतन्त्र पत्रकारिताको भावनाविपरीत मिडिया काउन्सिल विधेयक आएकाले त्यसलाई प्रतिपक्षी दलले कुनै पनि हालतमा स्वीकार गर्न नसकिने प्रष्ट पारिन् ।

    ‘पत्रकार जगतलाई नियन्त्रण गर्न, हस्तक्षेप गर्ने मनसायका साथ सरकार अग्रसर भएको छ । संविधानले नै स्वतन्त्र पत्रकारिता र सूचनाको हक सुनिश्चित गरेको छ । त्यसलाई कुण्डित हुने गरी ल्याइएको विधेयक फिर्ता हुनुपर्छ ।’, भुसालले सदनमा भनिन् ।

    उनले सरकारविरुद्ध उठ्ने आवाजलाई निस्तेज पार्न विधेयक ल्याएको आरोप लगाइन् ।

    भुसालले भनिन्, ‘संविधानको मूल्य मान्यताविपरीत मिडिया काउन्सिल विधेयक ल्याएको छ । राज्य नियन्त्रित मिडिया बनाउन खोजिदै, सरकारविरुद्ध उठ्ने आवाजलाई निस्तेज पार्नका लागि विधेयक ल्याइएको हो । लोकतन्त्रलाई भय र आतंकको छायामुनि राख्न खोजिदैछ ।’

    त्यस्तै भुसालले मानव अधिकार आयोग ऐनलाई संशोधन गर्न ल्याएको विधेयक पनि आपत्ति जनक रहेको उल्लेख गरिन् । अन्तराष्ट्रिय रुपमा नेपालले व्यक्त गरेका प्रतिबद्धता विपरीत विधेयक ल्याएकाले कांग्रेसले स्वीकार नगने बताइन् ।

    सचेतक भुसालले दुई विधेयक नसच्चिए संसद र सडकमा कठोर रुपमा प्रस्तुत हुने चेतावनी दिइन् ।

    कांग्रेसको आपत्तिमा सभामुख कृष्णबहादुर महराले विपक्षले उठाएका कुरामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

  • ८ जेष्ठ २०७६, बुधबार १३:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित