मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जनताले सरकारको विकल्प खोजेका छन् ः नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल
  • मार्गरेखा संवाददाता

  • क्रिष्टल जोशी
    धनगढी, ८ जेठ ः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले वर्तमान सरकारको विकल्प खोजेको बताएका छन् । ‘सरकारले जनतलाई सन्तुष्ट पार्न सकेको छैन’ नेपाल प्रेस युनियन कैलालीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘समृद्धि, शुसासन र शान्ति सुरक्षा जनतालाई अनुभुति दिलाउने नसक्दा सरकारप्रति जनताको विश्वास घट्दै गएको छ ।’
    सरकारले जनतालाई आश्वासन धेरै बाडेको भन्दै पौडेलले त्यो अनुरुप काम गर्न नसकेको आरोप लगाए । सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै पौडेलले शुशासन र शान्तिसुरक्षा कायम गर्नमा सरकार पूर्णरुपमा असफल भएको तर्क गरे ।
    सरकारका गतिविधि मिडियाबाट जनतामा आउने डरले सञ्चार माध्यामलाई नियन्त्रण गर्ने रणनीतिमा सरकार लागेको उनले बताए । उनले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक पास गर्न नदिने उल्लेख गरे । ‘सरकारका असफलता लुकाउने गरी विधेयक आएको छ’, उनले भने, ‘काँग्रेस कुनै पनि हालतमा त्यसको पक्षमा छैन् ।’ एक अर्को प्रसंगमा नेता पौडडेलले कांग्रेस चाडै नै प्रादेशिक संरचनामा जाने दावी गरे । पार्टीलाई नयाँ अधिवेशन गरेर पार्टीलाई तन्दुरुस्त बनाउन जरुरी रहेको पत्रकार सम्मेलनमा धारणा राखे । काँग्रेसको जनजागरण अभियानको क्रममा उनी केहि दिन यता सुदूरपश्चिममा छन् ।

  • ८ जेष्ठ २०७६, बुधबार १४:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित