मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाको कोटहि मन्दिरमा १ करोड ३० लाख लागतमा निर्माण हुने धर्मशाला को संघिय सभा सदस्य संजय गौतमद्धारा शिल्यान्यास
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,जेष्ठ,१०। बर्दियाको गुलरियामा रहेको प्रसिद्ध कोटहि मन्दिरको प्राङ्गडमा सुविधायुक्त धर्मशाला निर्माण हुने भएको छ ।नेपाली कांगेस बर्दियाका सभापति एवं प्रतिनिधी सभा सदस्य संजय गौतमले धर्मशालाको विधिवत रुपमा शिल्यान्यास गरेका छन् । संसद विकास कोषबाट गुलरिया नगरपालिका वडा नम्बर ५ मा पर्ने श्री कोटही मन्दिरको उत्तर तर्फ प्राकृतिकरुपमा वातानुकुलित धर्मशाला निर्माण हुने प्रतिनिधी सभा सदस्य संजय गौतमले वताएका छन् । धार्मिक आस्थाका हिसावले नेपालमात्रबाट नभई भारतबाट पनि झक्तजन आउने भएका कारण भक्तजनहरुको सुविधालाई मध्यनजर राखि धर्मशाला निर्माण गर्न लागिएको हो। धर्मशाला निर्माणका लागि १करोड ३० लाख लागत अनुमान रहेको वताईएको छ ।निर्माण कार्यका लागि ५० लाख रकम विनियोजन भइ कार्य शुरु गरिएको छ भने यो क्रमागत योजनाका रुपमा निर्माण गरिने गौतमले वताएका छन् । कोटही मन्दिर धार्मिक आस्थाको केन्दविन्दु भएकाले धर्मशाला निर्माणमा सहयोग गर्न गौतमले सम्बन्धीत सवैलाई आह्वान गरेका छन् । निर्माण हुने धर्मशलाको बनावटमा विभिन्न समुदाय थारु, अवधि लगायतका समुदायको धार्मिक कला संस्कृतीलाई प्रतिविम्बित गरिने बताए । २ वर्षमा निर्माण सकिने संसद गौतमले शिल्यान्यासमा वताएका छन् ।

  • १० जेष्ठ २०७६, शुक्रबार १५:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित