मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको कोहलपुरमा १ करोडको लागतमा पार्टी प्यालेस सन्चालनमा
  • मार्गरेखा संवाददाता

  • कपिल अन्जान/कोहलपुर, जेठ १२,

    बाँकेको कोहलपुर नगरपालिका वडा नं. १२ स्थित रोहिणी खोलामा सुविधासम्पन्न पार्टी प्यालेस शनिबारदेखि संचालनमा आएको छ ।

    कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले रक भ्याली रेष्टुरेन्ट एण्ड पार्टी प्यालेसको उद्घाटन गर्दै नगरपालिकाभित्र बसोबास गर्ने सबैलाई कुनै न कुनै पाटोमा आर्थिक समृद्धिसँग जोड्ने बताए । उनले नजिकै बाँके राष्ट्रिय निकुञ्ज र चारैतिर हरियाली रहेको बताउँदै त्यसलाई सिधा पर्यटन र होटल व्यवयाससँग जोडर आम्दानीको स्रोत बलियो बनाउ सकिने बताए । उनले हरियाली सहितको सुविधासम्पन्न पार्टी प्यालेस संचालन भएकोमा शुभकामना व्यक्त गरे ।

    उद्घाटन समारोहमा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष निम बहादुर चलाउने निरजले होटल संचालन गर्नु भनेको अरुलाई सुविधा दिएर ग्राहकहरुको आशिष पाउनु र पुण्य कमाउनु रहेको बताए । उनले, कोहलपुर नगरपालिकालाई होटल व्यवसायमा धेरै अगाडी लैजान सकिने पनि बताए ।

    कार्यक्रमका विशिष्ट अतिथि एवं होटल अर्गनाइजेसन बाँकेका वरिष्ठ उपाध्यक्ष एकनारायण चापागाईं, अर्गनाइजेसनका महासचिव विश्वराज खनाल, कोहलपुर उद्योग वाणिज्य संघका उपमहासचिव मातृका सापकोटा लगायतले पार्टी प्यालेस संचालन भएकोमा शुभकामना दिए ।

    हिमाल खत्री, जनकराज डाँगी र गंगाराम खत्री सहित ३ जनाको करिब १ करोडको सामुहिक लगानीमा पार्टी प्यालेस संचालनमा ल्याएको संचालक हिमाल खत्रीले जानकारी दिए ।

    पार्टी प्यालेसमा सस्तो, आरामदायी, सुविधायुक्त र सफा वातावरणमा बस्ने खाने व्यवस्था रहेको छ । कुनै पनि शुभकार्य तथा ठुला कार्यक्रम गर्न एसियुक्त हल, गार्डेन, कटेज लगायत सुविधा रहेको संचालक हिमाल खत्रीले बताएका छन् ।

  • १२ जेष्ठ २०७६, आईतवार १०:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित