मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाको गेरुवा गाँउपालिकामा एकिकृत घुम्ती शिविर संचालन
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,गेरुवा गाँउपालिका,जेठ,१६ । बर्दियाको गेरुवा गाँउपालिकामा एकिकृत घुम्ती शिविर संचालन गरि स्थानीयलाई बिभिन्न सेवा प्रदान गरिएको छ। जिल्ला प्रशासन कार्यालय बर्दिया र गेरुवा गाउँपालिकाको संयुक्त आयोजनामा संचालित एकिकृत घुम्ति शिविरको सेवा केन्द्र गाउँमै मिलाएको हो । सैयौं सर्वसाधरणलाई एकस्थानबाट वाट सरकारी सेवा दिनघुम्ति शिबिर आयोजना गरिएको गेरुवा गाँउपालिकाले जानकारी गराएको छ । गेरुवा गाउँपालिकाको एकिकृत घुम्ति सेवा प्रभावकारी भएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले वताएका छन् ।‘सर्वसाधरणको पहुँचमा सरकारी सेवा होस भनेर शिबिर संचालन प्रशासनले गर्नै गरेको उनले वताए । जिल्ला प्रशासनका अनुशार यो जिल्लामा भएको १६आँै घुम्ती शिविर भएको जानकारी गराएको छ । ११ हजार जनाले एकिकृत घुम्ती शिविरवाट जिल्लामा लाभ लिएको प्रशासनको तथ्याङ्क छ । ।गेरुवा गाउँपालिकामा बस्ने नागरिक गाउमै प्रशासन पुगेर नागरिकता दिएपछि खुशी भएका छन् । घुम्ती शिविरमा अपाङ्ग परिचय पत्र १हजार जनालाई स्वास्थ्य सेवा,१हजार पशुहरुलाई भ्याक्सीन लगायतको सेवा प्रदान गरिएको गेरुवा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले वताए । गेरुवा गाँउपालिकाको खोल्टीबजार स्थित नवज्योती पव्लीक स्कुलको प्राङ्गडमा सैयौ सेवा गराहिको चाँप रहेको थियो । शिविरमै सार्वजनीक सुनुवाई तथा जिल्ला प्रहरी कार्यालयले अपराध न्युनीकरण सम्वन्धी वृत्त चित्रसमेत प्रर्दशन गरेको थियो ।,

  • १६ जेष्ठ २०७६, बिहीबार १२:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित