मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको खजुरा गाउँपालिकाले हावाहुरीले क्षति पु¥याएको ५८ घरपरिवारलाई नगद राहत सहयोग
  • मार्गरेखा संवाददाता

  • बाँकेको खजुरा गाउँपालिकाले हावाहुरी प्रभावितलाई नगद राहत वितरण गरेको
    छ । गाउँ कार्यपालिका सदस्य भागीरत सुनारको संयोजकत्वमा हावाहुरी प्रभावितहरुको लागि क्षति हेरेर ३ हजारदेखि १० हजारसम्म वितरण गरेको छ । खजुरा गाउँपालिका क्षेत्रभित्र गत वैशाख १९ गते आएको हावाहुरीले क्षति पु¥याएको ५८ घरपरिवारलाई नगद राहत सहयोग गरिएको छ । गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले पीडितहरुलाई राहत रकम वितरण गरेका हुन् । प्रहरी, रेडक्रम र वडाको रिफारिसमा हावा हुरी प्रधावितको तथ्यांक संकलन गरिएको हो । कार्यक्रममा नेकपा खजुराका अध्यक्ष राजकुमार विक, वडा सदस्य भागीरत सुनारल, वडा नं. ७ का अध्यक्ष अतिउल्ला खाँगायतको सहभागिता रहेको थियो ।

  • १८ जेष्ठ २०७६, शनिबार १६:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित