मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दोस्रो विश्व साइकल दिवस नेपालगन्जमा  साइकल र्यालीको आयोजना फोटो फिचर सहित
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज साइक्लिङ्ग कल्बले    दोस्रो विश्व साइकल दिवसको दिन सोमवार नेपालगन्जमा  साइकल र्यालीको आयोजना गरि दोस्रो विश्व साइकल दिवस मनाएको छ  । 

    स्वास्थ्यको लागि साइकल, पर्यावरण लाई साइक्लिङ्ग भन्ने नारा सहित नेपालगनका दुई दर्जन   साइक्लिष्टहरुको सहभागिता रहेको थियो  ।

    नेपालगन्जको स्थानिय बि।पि। चोकबाट सुरु भएको साइकल र्याली, धम्बोजी, कारकादो, न्युरोड, त्रिबेणिमोड, फुलटेग्रा, रामलिला मैदान,  बाँके गाँउ  हुँदै भेरी अञ्चल अस्पताल अगाडि आएर समापन भएको थियो,

    समापन कार्यक्रममा भेरी अञ्चल अस्पतालका हाडजोर्नी विशेषज्ञ डा। प्रकाश थापाले साइकल चलाउनु स्वास्थ्यका लागि धेरैनै उपयोगी रहेको कुरा बताउनु भयो।

    साइकल चलाउनेलाइ समाजमा हेर्ने दृस्ठिकोणमा परिवर्तन आउनु जरुरी रहेको र नेपालगन्जका सडकलाइ साइकल मैत्री बनाउनु पर्ने कुरा नेपालगन्ज साइक्लिङ्ग कल्बका सचिव गगन थापाले बताउदै  साइकल अभियानमा सबैखाले साइकल प्रयोग कर्ताको सहभागिता हुनु पर्ने कुरामा जोड दिनु भएको थियो।

  • २० जेष्ठ २०७६, सोमबार १२:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित