मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली जनताका लागि नेपालमा फेरी एक पटक काँग्रेसले कम्युनिष्टका विरुद्व संघर्ष गर्नुपर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापा
  • मार्गरेखा संवाददाता

  • कोहलपुर, जेष्ठ २०। नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपाली काँग्रेसको शक्ति जनता नै भएको बताएका छन् । उनले जनताकै साथमा रहेर नेपालमा फेरी एक पटक काँग्रेसले कम्युनिष्टका विरुद्व संघर्ष गर्नुपर्ने अवस्था आएको बताएका छन् । साे कुरा नेपाल विद्यार्थी संघ बाँकेले
    बाँकेकाे काेहलपुरमा साेमबार आयोजना गरेको हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अन्तर्गत बृहत सहिद स्मृति सभा तथा अक्षयकोष स्थापना कार्यक्रममा बोल्दै वर्तमान सरकारका प्रधानमन्त्री केपि शर्मा ओलिको सोचाई माथि नै खोट रहेको बताउँदै प्रधानमन्त्रीले गर्ने कार्यलाई सहज बनाउन नेपाली काँगेसले रचनात्मक विपक्षको भूमिका खेलिरहेको बताएका छन् । नेपाली काँग्रेसकै नेतृत्वमा नेपालमा धेरै परितर्वन भएको स्मरण गाउँदै लामो संघर्षबाट प्राप्त भएको उपलब्धीहरुको रक्षा गर्न सबैलाई आग्रह गरेका छन् । ‘सरकारका पछिल्ला गतिविधिहरुले अन्य शक्तिहरु सक्रिय भईरहेका छन्’ उनले भने ‘धर्म, जात र अन्य कुनै पक्षको नाममा अहिलेको गणतन्त्र र लोकतन्त्रीक शासन व्यवस्थालाई विफल बनाउन सरकार लागि परहेको छ ।’ साथै उनले प्रधानमन्त्रीलाई संघितयता मनै नपरेको बताउँदै संघियता खतरामा रहेको बताएका छन् ।

    कार्यक्रममा बोल्दै नेपाली केन्द्रीय सदस्य एन.पि. साउदले सरकार अधिनायकवाद तर्फ उन्मुख भएको बताएका छन् । नेता साउदले वर्तमान केपी ओलि नेतृत्वको सरकार अधिनायकवादी शैलिलमा आफ्ना कार्यहरु गरिरहेको बताएका छन् । साथै उनले प्रधानमन्त्री केपि शर्मा ओली अधिकार सम्पन्न हुँदा अधिकारको गलत प्रयोग हुने भन्दै यस तर्फ सबै सजक हुन आवश्यक रहेकोमा जोड दिएका छन् । ‘प्रधानमन्त्री कार्यालयमा धेरै अधिकार आउँदा अधिकारको गलत फाईदा अरुले लिन सक्छन्’ उनले भने ‘प्रधानमन्त्री विराम हुँदा यसको फाइदा अरुले लिने भएकाले यसका बारेमा काँग्रेस गम्भिर भएको छ । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी र डा. डिल्ला संग्र्रौलाले नेपाली काँगे्रस नयाँ उर्जाका साथ जनताको बिचमा सरकारले गरेका गलत कार्यहरुको बिरोध गर्नका लागि जागरण कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै काँग्रेसले एकताको सन्देश दिईरहेको बताएका छन् । कार्यक्रममा नेपाली काँग्रेस बाँके पार्टी सभापति किरण कोइराला, बर्दिया पार्टी सभापति सञ्जय गौतम र कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी चौधरीले पार्टीको विधि र विधान अनुसार स्थानिय स्तरमा जनतालाई जागुरुक बनाउने काम भईरहेको बताउँदै जनता र राष्ट्रको भानवा अनुसार नेपाली काँग्रेसले आफ्ना नीति तथा कार्यक्रमहरु ल्याउनुपर्ने माग गरेका छन् ।
    साथै सोहि कार्यक्रममा सहिद चोक बहादुर खत्री र जागेश्वरी थारुको नाममा एक–एक लाख बराबरको अक्षयकोष स्थापना गरिएको छ । जागेश्वरी थारुको नामममा कोहलपुर–१४ मा रहेको राम मावि र चोक बहादुर खत्रीको नाममा कोहलपुर–१० मा रहेको त्रिभुवन माविमा एक लाख बराबारको अक्षयकोष स्थापना गरिएको र उक्त रकमको ब्याजबाट केहि विद्यार्थीहरुलाई छात्रवृतिको व्यवस्था गरिने जानईएको छ । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब ५० जनाले नेपाली काँग्रेसमा प्रवेश समेत गरेका छन् ।
    नेपाल विद्यार्थी संघ बाँके अध्यक्ष पूर्ण प्रसाद आचार्यले नेपाली काँग्रेसले सञ्चालन गरेको गाउँ जागरण कार्यक्रम अन्तर्गत नेपाल विद्यार्थी संघले वर्तमान सरकारका भ्रष्ट्रचार, मंहगि, निर्मला पन्त प्रकरण, प्रेस स्वतन्त्रता माथि बढेको हस्तक्षेप, चिकित्सा शिक्षा, बौद्विक समुदायका प्रति अबौद्विक टिप्पणीहरुका विरुद्व बृहत सभाको आयोजना गरिएको बताएँद्रै कार्यक्रमलाई भव्य र सव्य रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्ने प्रति ध्रन्यवाद व्यक्त समेत गरेका छन् ।

  • २० जेष्ठ २०७६, सोमबार २०:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित