मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विश्व वातावरण दिवसको अवसरमा धनगडीमा नगर सर–सफाई
  • मार्गरेखा संवाददाता

  • क्रिष्टल जोशी
    धनगढी, २२ जेठ ः विश्व वातावरण दिवसको अवसरमा धनगढी उपमहानगर सर–सफाई गरिएको छ । बुधबार विहान उपमहानगरका मेयर नृपबहादुर वडको अगुवाईमा विभिन्न संघ संस्थाहरुको सहभागिता सर–सफाई गरिएको हो । सर–सफाई कार्यक्रम गरिरहँदा सर्बसाधरणको भने सहभागिता हुन सकेन् । उपमहानगरका जनप्रतिनिधिहरु विभिन्न संस्थाहरुका प्रतिनिधिहरु सर–सफाई गरिरहँदा व्यवसायीहरु रमेत भएका थिए । सर–सफाई कार्यक्रममा उपमहानगरका कर्मचारीहरुको समेत सहभागिता भएन् । धनगढी कैलाली नाला बाट सुरु भएको सर–सफाई कार्यक्रम जिल्ला प्रहरी कार्यालय कैलाली सम्मको सडकमा सर–सफाई गरेको हो । सर–सफाई कार्यक्रममा नेपाल प्रहरी र शसस्त्रको समेत सक्रिय सहभागिता रहेको हो ।
    स्थानीय व्यवसायीहरु ईमान्दार नहुँदा नगरलाई स्वच्छ र सफा गर्न नसकेको मेयर नृपबहादुर वडले बताए । ‘नगरको गाडि विहान फोहोर उठाउन आइरहेको हुन्छ’, उनले भने, ‘तर, सडक नजिक घर भएका र व्यवसायीहरुले सडकमा फोहोर फाल्ने गरेका छन् ।’ उपमहानगरले हरेक शनिबार सर–सफाई कार्यक्रम समेत सञ्चालन गरेको छ । तर, पनि नगरमा यत्रतत्र फोहोर नै हुने गरेको छ । नागरिकमा सार्वजनिक ठाउँ सफाई गर्नुपर्छ भन्ने चेतना नआएसम्म नगरलाई फोहोरमुक्त बनाउन नसकिने मेयर नृप वडको तर्क छ ।
    विश्व वातावरण दिवशकै अवसर पारेर डिभिजन बन कार्यालय कैलालीको आयोजनामा बृक्ष रोपण गरिएको छ । सव डिभिजन बन कार्यालय तारानगर धनगढीको परिसरमा बृक्षा रोपण गरिएको हो । बृक्षा रोपण कार्यक्रममा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशी लगायतका ब्यक्तिहरुको उपस्थीति रहेको थियो ।

  • २२ जेष्ठ २०७६, बुधबार १५:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित