मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

संविधानको प्रतिकूल, धर्म, संस्कृति, परम्पराको विनास गर्ने विधेयक लाई नेपाली काङ्ग्रेसले अस्वीकार गर्ने
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सरकारले हालै अघि बढाएको गुठीसम्बन्धी विधेयकले संविधानको मर्म, भावना, प्रावधान र व्यवस्था प्रतिकूल हुनेगरी धर्म, संस्कृति र परम्परामाथि प्रहार गरेको जनाएको छ ।

    काङ्ग्रेसले विज्ञप्तिमार्फत संविधानको प्रतिकूल, धर्म, संस्कृति, परम्पराको विनास गर्ने र गुठीको अस्तित्वलाई नै समाप्त पार्ने गरी विधेयक ल्याइएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने जनाएको हो ।

    साथै काङ्ग्रेसले विधेयक तुरुन्त फिर्ता गरी सरोकारवालासँग सार्थक संवादमार्फत सहमतिका आधारमा तत्काल समाधान खोज्न सरकारसँग माग गरेको छ ।

    काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत उक्त विधेयकको विरुद्धमा आइतबार शान्तिपूर्ण रूपमा भेला भई विरोध प्रदर्शन गरेका विभिन्न गुठीका गुठीयार र आम नागरिकमाथि सरकारद्वारा दमन भएको भन्दै विरोध जनाएका छन् ।

    काँग्रेसले सोमबारको प्रतिनिधिसभा बैठक गुठीकै विषयलाई लिएर अवरुद्ध गरेको थियो । मंगलबार बिहान ११ बजेका लािग पनि बोलाइएको छ प्रतिनिधिसभाको बैठक ।

  • २८ जेष्ठ २०७६, मंगलवार १७:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित