मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एक्साभेटर र अटो एक आपसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु
  • मार्गरेखा संवाददाता

  • महेन्द्रराजमार्ग अन्तर्गत कञ्चनपुरको भीमत्तद नगरपालिका ५ बनगाउँ भगवती टोलमा एक्साभेटर र अटो एक आपसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

    महेन्द्रनगरदेखि गड्डाचौकी तर्फ गइरहेको म१ह ७६३ नम्बरको एक्साभेटरले गड्डाचौकीदेखि महेन्द्रनगरतर्फ आइरहेको से१क ७३३ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवारी दुई पुरुषसहित एक महिलाको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शी निसा गुरुङ्गकाअनुसार बिहान ६ बजेर ५० मिनेटमा महेन्द्रनगर तर्फ आइरहेको अटोलाई एक्साभेटरको अघिल्लो दाँतको भागले लछारेर ल्याएको थियो ।

     

     

    दुर्घटनामा परी मृत्यु हुनेमा दशरथ चन्द नगरपालिका–२ देहिमाण्डौँका २८ वर्षीय किशन बोहरा रहेका छन् । अन्य एक पुरुष र महिलाको पहिचान भएको छैन् । बोहरा सहित तीनै जनाको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

    मृतक बोहराको परिवार भारतदेखि मजदुरी गरी घर फर्किन लागेका थिए । उनका अढाई वर्षीय छोरा विशाल बोहरा र श्रीमती लक्ष्मीदेवी बोहरा घाइते भएका छन् । दुवैको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि रिफर गरिएको छ ।

    यस्तै अटोमा सवार अर्का भारतमै रोजगारी गरी घर फर्किन लागेका बेलडाँडी गाउँपालिका–२ चन्दनबस्तीका २६ वर्षीय सन्तोष लुहार घाइते भएका छन् । उनको टाउको र खुट्टामा चोट लागेको छ । साथै साईकलमा सवार यात्रुसमेत घाइते भएका छन् । भीमदत्त नगरपालिका १० गड्डाचौकीका जगदिश पार्कीलाई स्काभेटरले पछारेको अटोले ठक्कर दिँदा घाइते भएका हुन् । बैजनाथ ईन्जिनियररिङ्ग कलेजमा सिभिल ईन्जिनियररिङ्ग पढ्ने पार्कीको खुट्टामा चोट लागेको छ ।

    त्यस्तै, भीमदत्त नगरपालिका १० गड्डाचाैकीकै अटो चालक पप्पु भनिने प्रेम थापा गम्भीर घाइते भएका छन् । उनको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सिमावर्ती भारतीय अस्पताल लगिएको छ ।

     

    घाइते विद्यार्थी जगदिश पार्कीका अनुसार तिव्र गतिमा रहेका दुवैसवारी साधन एक आपसमा ठाेक्किएका हुन् । अटोमा चालकसहित सात जना सवार थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञानबहादुर विष्टले घटनाको विस्तृत अध्ययन भइरहेको बताए । साथै एक्साभेटरका चालकको खोजी भइरहेको छ । एक्साभेटर र अटोलार्इ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

    प्रहरीका अनुसार दुर्घटनाग्रस्त स्काभेटरका धनी परशुराम नगरपालिका मेयर भीमबहादुर साउद हुन । मेयर साउदको राजेन्द्र शर्मा जेभी निर्माण कम्पनीको सवारी साधन हो । प्रहरीले एक्साभेटरको मालिकसँग सम्पर्क गरेर चालकको विवरण लिइरहेको जनाएको छ ।

  • ३१ जेष्ठ २०७६, शुक्रबार १२:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित