मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सुरक्षित रगत सबैका लागि” भन्ने मुल नाराका साथ बाँकेमा विश्व रक्तदाता दिवस मनाइयो
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज ३१ जेष्ठ, “सुरक्षित रगत सबैका लागि” भन्ने मुल नाराका साथ आज नेपालगन्जमा विश्व रक्तदाता दिवस मनाइएको छ ।

    नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा नेपालगन्जको आयोजना र मानव धर्म सेवा समिति बाँकेको व्यवस्थापनमा उक्त दिवस मनाईएको छ । दिवसका अवसरमा बृहद रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

    यसैगरी दिवसका अवसरमा नेरेसो कोहलपुर उपशाखा, सृजनशिल बाल क्लब र हिमालय विद्या निकेतन बैजनाथ ५ को संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

    डा. र्काल ल्याडस्टेन्रले सन् १९०२ मा रगत समुह पत्ता लगाउने पहिलो ब्यक्ति भएकोले उहाँको जन्मदिनको अवसरमा हरेक वर्ष विश्व रक्तदाता दिवस मनाउँदै आएको छ ।

    नेरेसो बाँके शाखाका का.बा. सभापति सुरेन्द्रनाथ सापकोटाले रक्तदान जीवन दान भन्ने भावनाबाट अभिप्रेरित भई गाउँ गाउँबाट रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरुको संख्यामा बृद्धि भइरहेको बताउँदै यो मानवीय कार्यलाई व्यापक बनाउन आग्रह गर्नु भयो ।

    मानव धर्म सेवा समिति बाँकेका प्रभारी नन्दनी वाईले मानव सेवा नै सबै भन्दा ठूलो धर्म भएको उल्लेख गर्दै रक्तदान गर्ने कार्य निरन्तर भईरहेको बताउनु भयो ।

    नेरेसो बाँके शाखा कार्यसमिति सदस्य एवं स्वास्थ्य सेवा समितिका संयोजक राजकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो बाँके शाखाका का.बा.सभापति सुरेन्द्रनाथ सापकोटा, मानव धर्म सेवा समितिकी प्रभारी नन्दनी वाई लगायतले विचार व्यक्त गर्नु भएको थियो भने कार्यक्रममा जिल्ला कार्यसमिति र विभिन्न उपशाखा कार्यसमितिका पदाधिकारी, सदस्य, कर्मचारी र स्वयंसेवी रक्तदाताहरुको सहभागिता रहेको थियो ।

  • ३१ जेष्ठ २०७६, शुक्रबार १३:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित