मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको नरैनापुर गाउँपालिकामा बिकाश निमार्णको तिब्रता सुरु
  • मार्गरेखा संवाददाता

  • नरैनापुर(बाँके), असार २ । बाँकेको नरैनापुर गाउँपालिकामा धमाधम बाटो बनिरहेका छन् । गाउँगाउँमा ६ मिटर चौडा पक्की बाटो बनेपछि स्थानीय खुसी भएका छन् । वडा नम्बर ५ जमुनीमा गत बर्ष हुलाकी सडकबाट गाउँ जोड्ने ६ मिटर चौडाईको ५ सय मिटर लामो पक्की बाटो बनाएको गाउँपालिकाले यो बर्ष स्थानीयका घरहरु नै भत्काएर नालीसहितको थप १ किलोमिटर पक्की बाटो बनाएको हो । शुरुमा घर भत्काएर बाटो बनाउन आनाकानी गरेका स्थानीयले गाउँमै गाडी छिर्ने पक्की बाटो बन्ने भएपछि भने गाउँपालिकालाई साथ दिएको अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । घर अगाडि गाडी नै गुड्ने पक्की बाटो बनेपछि स्थानीय अहिले खुसी भएको अध्यक्ष शाहले बताउनुभयो । हुलाकी सडकबाट भारतीय सीमा जोड्ने पक्की बाटो बनाउने योजना अन्तर्गत् ६ वटै वडामा गत बर्षदेखि पक्की बाटो निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो । वडा नम्बर ५ कै नयाँ बस्तीमा पनि यसै बर्ष पक्की बाटो बनेको
    छ । कच्ची बाटो भएको ठाउँमा बाटो चौडा गरी पक्की बनाउने र सडक नै नभएको ठाउँमा धमाधम नयाँ सडक बनाउने काम भइरहेको अध्यक्ष शाहले बताउनुभयो । भारतीय बाटो भएर जानुपर्ने वडा नम्बर २ रोशनपुर्वामा पनि यसै बर्ष लम्बरी जग्गामै कच्ची बाटो बनाइएको वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाहले बताउनुभयो । त्यस्तै वडा नम्बर ५ को मटेहिया महादेवनगर जाने बाटो पनि भर्खरै बनाइएको अध्यक्ष शाहले जानकारी दिनुभयो । सडक सञ्जालले गाउँपालिकाका हरेक वडा, गाउँ र बस्तीलाई नजोड्दासम्म विकास सम्भव नहुने भएकाले वाटो निर्माणलाई गाउँपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाका अध्यक्ष शाहले बताउनुभयो । नेपालगञ्जदेखि नरैनापुरको कट्कुइँया जोड्ने ४४ किलोमिटर लामो हुलाकी सडक पनि धमाधम बनिरहेको छ । हुलाकी सडक कालोपत्रेको काम हाल वडा नम्बर ६ गंगापुरको भोजपुरसम्म सम्पन्न हुने क्रममा रहेको छ । यो सडक बनिरहे संगै नरैनापुरदेखि नेपालगञ्जसम्मको सडक सम्पर्क सहज बनेको छ ।

  • २ असार २०७६, सोमबार १६:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित