मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मध्यपश्चिम विश्वविधालयमा झडप , १ जना प्रहरी सहित विधार्थिहरु घाईते
  • मार्गरेखा संवाददाता

  • मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको नवौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा एक प्रहरी जवानसहित केही विद्यार्थी घाइते भएका छन्।

    स्थापना दिवसको अवसरमा विश्वविद्यालयले टि-सर्ट लगाउने बहानमा निजी कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीले कार्यक्रम स्थलमै नाराबाजी र ढुंगामुडा गरेपछि झडप भएको हो। काठमाडौंको राजधानी मोडेल कलेज र जेभिएर इन्टरनेसन कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीले संयुक्त आन्दोलन गरेका हुन्। प्रहरीले विद्यार्थीको आन्दोलनलाई तितरबितर पार्न खोजेपछि झडप भएको थियो।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख वसन्त रजौरेका अनुसार झडपमा घाइते प्रहरी जवान सुरेन्द्र महतको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। आन्दोलनमा सहभागी दर्जन बढी विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका विद्यार्थीको परिचय भने खुलाइएको छैन।

    वार्षिक उत्सव कार्यक्रममा सहभागी हुन आएका भीआईपी र पदाधिकारी प्रहरीको सुरक्षामा छन्। कार्यक्रम भइरहेको सभाहलमा विद्यार्थीलाई प्रवेश निषेध गरिएको छ।

  • ३ असार २०७६, मंगलवार १२:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित