मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा १८ केजी अफिमसहित चार जनालाई पक्राउ
  • मार्गरेखा संवाददाता

  • बाँकेको फुल्टेक्रास्थित बाबाकुटीबाट प्रहरीले साढे १८ केजी अफिमसहित चार जनालाई पक्राउ गरेको छ । एकाबिहानै अटोरिक्सामा राखेर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले अफिमसहित उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा एक महिला र तीन पुरुष छन् । पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । आजै साँझ पत्रकार सम्मेलन गरी विस्तृत सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

    अफिमसहित चार जना पक्राउ परेसँगै नेपालमा हुने अफिम खेतीमा भारतीय लगानी रहेको खुलेको छ । नेपालगञ्जमा अफिम ल्याई पु¥याएको सूचना पाएपछि एक हप्तादेखि बाँके प्रहरीले निगरानी बढाएको थियो । “पिछा गर्दै जाँदा प्रहरीले बिहान मात्र ठूलो परिमाणमा अफिमसँगै तस्करीमा संलग्न व्यक्तिलाई पनि पक्राउ हो ।

  • ४ असार २०७६, बुधबार ११:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित