मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रजातन्त्र र लोकतन्त्रविरोधी विधेयक सरकारले फिर्ता नलिए कडा आन्दोलनमा जाने चेतावनी
  • मार्गरेखा संवाददाता

  • काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले  स्वतन्त्र र निष्पक्ष हुने मानवअधिकार आयोगलाई कमजोर पार्न विधेयक आएकामा आपत्ति जनाउँदै मानवअधिकार बिनाको प्रजातन्त्र कसरी सुदृढ हुन्छ ? भन्दै प्रश्न गरे । उनले प्रजातन्त्र र लोकतन्त्रविरोधी विधेयक सरकारले फिर्ता नलिए कडा आन्दोलनमा जाने चेतावनी दिए।  नेता देउवाले  प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतले मंगलबारको सदनको बैठकमा आफूले बोल्न नपाएकामा आपत्ति जनाएका छन्  । उनले भने, ‘मैले २०४८ देखि निरन्तर संसद्मा प्रतिनिधित्व गरेको छु । यस्ता घटना कहिल्यै भएको थिएन ।’

    प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महरासँग समय मागेर उनले मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रजातन्त्र र लोकतन्त्रविरोधी रहेको उल्लेख गर्दै यसले संविधान प्रदत्त वाक् तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने धारणा राखे।

     

     

  • ४ असार २०७६, बुधबार १३:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित