मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बदिँयाकाे गेरुवा गाँउपालिकाले एचआईभी संक्रमित तथा परिवारलाई पौष्टिक अहार वितरण
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,असार,५। बर्दिया गेरुवा गाँउपालिकाका एचआईभी संक्रमितलाई स्वस्थ जीवन यापनका लागि पौष्टिक अहार,शैक्षिक तथा व्यक्तिगत सरसफाईका सामग्री वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकाश कार्यक्रम प्रदेश नम्वर ५को आर्थिक सहयोग ताथा गेरुवा गाँउपालिका र एचआईभी क्षेत्रमा कार्यरत संस्था सहयोगि हात नेपाल बर्दियाको संयुक्त आयोजनामा सामाग्री वितरण गरिएको हो । एचआईभी संक्रमीतलाई क्षयरोगको जोखिम हुने भएकाले धुवाँबाट जोगाउने उद्धेश्यले १९ घर परिविारलाई ग्यास सिलिण्डर वितरण गरिएको हो । त्यसैगरी २४ जनालाई १ किलो हर्लिक्स,१ किलो ग्लुकोज,५लिटर तेल र ५किलो चना वितरण गरिएको हो । एचआईभि संक्रमित वालवालिकाको शिक्षा तथा स्वास्थयलाई निरन्तरता प्रदान गर्नका लागि १० हजारका दरले २ जना संक्रमित वालवालिको वैक खातामा रकम जम्मा गरिएको सहयोगि हातनेपाल बर्दियाले जानकारी गराएको छ । स्कुल पढ्ने संक्रमितका२२ जना वालवलिका लागि स्कुल व्याग, कपि, स्कुल पोशाक समेत कार्यक्रममा वितरण गर्नूको साथै व्यक्तिगत सरसाफाई समाग्री समेत वितरण गरिएको छ । एचआईभी संक्रमित कोहि पनि जानेर नभएको गेरुवा गाँउपालिकाका अध्यक्ष जमान सिँह के.सी.ले वताए । अन्जानमा भएका कारण यस्का विरामीहरु संकुचित नभई खुल्नु पर्नै उनले वताए । संक्रमित हरुका लागि यो कार्यक्रम जिल्लामा मात्रै नभई देशमानै अनुपम भएको अध्यक्ष केसिको भनाई छ । एचआईभी संक्रमितले कडा औषधी खानुपर्ने भएकाले पौष्टिक आहार आवश्यकता पर्नैभएकाले गाँउपालिकाले गरेको यो कार्यक्रम एचआईभी संक्रमीतका लागि अत्यन्त राम्रो भएको संक्रमितको भनाई छ । युैगरि एचआईभी संक्रमितहरुलाई स्वच्छ र स्वस्थ जीवन यापनका लागि २ दिने तालिम समेत संचालन गरिएको थियो ।

  • ६ असार २०७६, शुक्रबार १०:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित