मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

युवाहरुलाई स्वदेशमा उद्यम गर्न वातावरण सृजना गर्नु पर्ने
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज ७ असार ÷ उद्यमी युवा समृद्ध देश ः दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने मुल नाराका साथ नेपालगन्जमा प्रादेशिक युवा उद्यमशिलता बिकास बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । प्रादेशिक युवा उद्यमशिलता बिकास अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले स्वदेशमा युवाहरुले उद्यमी बनेर देशलाई समृद्ध बनाउने समय आएको बताउनुभयो । उहाँले युवाको परिश्रम विदेशको भुमिमा खेर नफाल्न समेत अनुरोध गर्नुहुदै स्वदेशमै उद्यम गर्न वातावरण सृजना गर्नु पर्नेमा जोड दिनुभयो । सो कार्यक्रमा प्रदेश नं. ५ का १२ जिल्लाको युवाहरुको सहभागितामा शुरु भएको छ ।
    दुई दिन सम्म चल्ने सो अभिमुखीकरण कार्यक्रममा सहभागि युवाहरुलाई पर्यटन, लुम्बिनी भ्रमण बर्ष २०७६, बर्दिया भ्रमण बर्ष, दिगो विकासका लक्ष्यहरु, भिजिट नेपाल २०२०, युवा उधमशिलता, होम स्टे, हस्पिटालिटी,अवलोकन लगायतको विषयमा प्रशिक्षण दिईने आयोजक संस्था नेपाल युवा परिषद प्रदेश नं. ५ का संयोजक सोम गुरुङले जानकारी दिए । पहिलो दिनमा हस्पिटालिटी विषयका विज्ञ हेनड्रीक मार्टिनले जानकारी दिनुभएको थियो । त्यसैगरि लुम्बिनी भ्रमण बर्ष २०७६ का सदस्य तथा गाभर भ्यालीका अध्यक्ष कृष्णलाल चौधरीले लुिम्बनी भ्रमण बर्ष २०७६, नेपाल भ्रमण बष २०२० तथा होम स्टेको अवधारणा बारे प्रष्ट पार्नु भएको थियो । उहाँले आफनो लोप हुुन लागेको संस्कृति र प्रकृतिलाई जर्गेणा गर्नुु पर्ने धारणा राख्नु भएको थियो । सोही कार्यक्रम अन्तर्गत पर्यटन प्रवद्र्धनको बारेमा सुबेश श्रेष्ठले पर्यटनलाई उद्योगको रुपमा विकास गर्नु पने बताउनुभयो । नेपाल युवा परिषद, नेपाल युवा परिषद प्रदेश नं.५ र नेपाल युवा परिषद बाँके शाखाको आयोजना तथा कोकाकाला नेपालको सहयोग तथा गेट भोकेसनल कलेज, बाँकेको सहकार्यमा सो कार्यक्रम सन्चालन भईरहेको छ ।

  • ७ असार २०७६, शनिबार १९:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित