मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेकाे जानकी गाउपालिका नीति तथा कार्यक्रम कृषकका लागि सिंचाई मल, विउ तथा बजारीकरणलाई विशेष महत्व
  • मार्गरेखा संवाददाता

  • जानकी,८असारः जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम आईतवार गाउँसभामा पेश गरेको छ ।
    गाउँपालिकाको पाँचौ गाउँसभामा अध्यक्ष रामनिवास यादवले आर्थिक बर्ष २०७६÷७७ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।
    गाउँपालिकाको नीति कार्यक्रममा प्रमुख प्राथमिकता पूर्वाधार निर्माण परेको छ । कृषिलाई दोस्रो प्राथमिकतामा पारिएको छ । गाउँसभामा अध्यक्ष यादवले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कृषकका लागि सिंचाई मल, विउ तथा बजारीकरणलाई विशेष महत्व दिईएको छ ।
    गाउँपालिकाको वडा नं. ६ पिप्रहवा चोक देखि वडा नं. ४ खजुराखुद्र्धको नहरचोकसम्मको सडक निर्माण पनि प्रमुख प्राथमिकतामा परेको । ७ किलोमिटर लम्वाई रहेको यो सडकलाई ७ मिटर चौडा हुनेगरी पक्की बनाईदैछ ।
    राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्गसँग जोडिएका गाउँक्षेत्र भित्रका अन्य बाटाहरुसँग जोडिएका शहरी सडकको विस्तार गर्नुको साथै दुइवटा वडा र दुइवटा पालिका जोड्ने जस्ता बाटोहरुको सञ्जाल बनाई १२ महिना आवतजावतमा सहजहुने गरी सडक मर्मत सम्भार तथा स्तरोन्नतिलाई प्राथमिकता दिइएको छ ।
    गाउँपालिकाको शहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड २०७२ लाई प्रभावकारी रुपमा कार्यान्वयन गरी भूकम्प प्रतिरोधात्मक भवन निर्माण कार्यलाई लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
    स्वास्थ्यतर्फ आधारभुत आकस्मिक स्वास्थ्य सेवाहरु सर्वसाधारण जनताको पहुँच योग्य बनाउदै १५ शैय्यासम्मको अस्पताल बनाउन पहल गरिने नीति गाउँपालिकाले लिएको छ । मातृस्वास्थ्य र प्रजनन् स्वास्थ्य लगायतका आधारभूत स्वास्थ्य सेवाहरुका बारेमा सचेतना अभिवृद्धि,नयाँ कार्यक्रम संचालन गरिने भएको छ ।
    प्रसुति केन्द्रमा अनमीसहित २४ सै घण्टा सेवा सञ्चालन गरी सुरक्षित मातृत्वका लागि आवश्यक सेवा उपलब्ध गराइने नीति लिइने कार्यक्रममा उल्लेख छ ।
    सुर्तीजन्य पर्दार्थ नियन्त्रण,नियमन,कार्यान्वयन प्रक्रिया अगाडि बढाउदै गाउँपलिकालाई सुर्तीजन्य पदार्थ एवम् प्लाष्टिकजन्य पदार्थ,सामान मुक्त घोषणा गर्ने अभियान सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
    आर्थिक बजेटको पूर्ण कार्यन्वयन गर्ने र व्यवस्थित एवम् मितव्ययी बनाउने सेवालाई प्रभावकारी सेवा छिटो,छरितो र भरपर्दो गराउन पालिकामा नवीनतम प्रविधिको प्रयोग गर्दै जनतासँग अध्यक्ष कार्यक्रम, जनतासँग स्कूल बालबालिका कार्यक्रम, कृषक आत्मनिर्भर कार्यक्रम व्यवस्थापन गरी जनताको सुख दुख बुझ्ने कार्यक्रम मार्फत घरदैलो गरिने नीति तथा कार्यक्रम रहेको छ ।
    वित्तिय अनुशासन कायम राख्न पेश्की दिने प्रावधानलाई नियन्त्रण गर्दै समयमा योजना सम्झौता गरी जेष्ठ १५ गते सम्म कार्य सम्पन्न गर्ने परिपाटीको विकास गरिने उल्लेख गरिएको छ ।
    नीति कार्यक्रममा माध्यमिक विद्यालय सञ्चालन नभएका वडामा मावितहको पढाई सञ्चालनका लागि यसै वर्षदेखि पहल गरिने नीति कार्यक्रम उल्लेख गरिएको छ ।
    जानकी गाउँपालिकाको नीति तथा कार्यक्रम र गाउँसभा १४ गते सम्म सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार, गाउँसभामा पेश गरिएको नीति तथा कार्यक्रममा दफावार छलफलका लागि सोमबार देखि छलफल हुनेछ ।

  • ८ असार २०७६, आईतवार २०:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित