मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको नरैनापुर गाउँपालिकाले ल्यायो ४३ करोडको बजेट
  • मार्गरेखा संवाददाता

  • नरैनापुर (बाँके) असार १० ।
    बाँकेको नरैनापुर गाउँपालिकाले ४३ करोडको बजेट ल्याएको छ । गाउँपालिकाको तेस्रो गाउँसभामा आज (मंगलबार) गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आर्थिक बर्ष २०७६÷७७ का लागि ४३ करोड ३४ लाख १ हजारको बजेट प्रस्तुत गर्नुभएको हो । पूर्वाधार विकासमा १३ करोड ६५ लाख ५० हजार, शिक्षामा ३ करोड २५ लाख ९० हजार, स्वास्थ्यमा १ करोड ३२ लाख ४० हजार र कृषिमा ९४ लाख रुपैयाँ विनियोजन गरिएको
    छ । संघीय सरकारबाट प्राप्त ३७ करोड ५८ लाख, प्रदेश ५ सरकारबाट ३ करोड ९२ लाख ४७ हजार र आन्तरिक तर्फ अनुमानित ५४ लाख १० हजारमा आधारित रही आर्थिक बर्ष २०७६÷७७ को बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताउनुभयो । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, गरिबी न्यूनीकरण, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको बस्नेतले बताउनुभयो ।

  • १० असार २०७६, मंगलवार १८:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित