मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बालुवाटार जग्गा प्रकरण : अख्तियारले ८६ जनालाई बयानका लागि बोलायो [नामसहित]
  • मार्गरेखा संवाददाता

  • काठमाडौं- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ।

    बुधबार अख्तियारले सार्वजनिक सूचना जारी गर्दै बयानका लागि बोलाएको हो। अनियमितताको छानबिनका लागि आरोपितहरुलाई सात दिनको समय दिइएको छ।

    बयानका लागि ‘भूमाफिया’ किटान भएका डा शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीको नाम भने समावेश गरिएको छैन। ढकाल र सुवेदीसँग सहकार्य गरी जग्गा हडपेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई पनि बयानका लागि बोलाइएको छैन।

    अख्तियारको सूचनामा ढकालकी छोरी लक्ष्मी ढकालको नाम राखिएको छ। भाटभटेनीका सञ्चालक गुरुङका छोरा कल्याण गुरुङलाई पनि बयानका लागि बोलाइएको छ।

    पूर्वसचिव शारदाप्रसाद त्रितालको जाँचबुझ आयोगले भूमाफिया किटान गरेका ढकाल र सुवेदीका पत्नी क्रमशः उमा ढकाल र माधवी सुवेदीलाई पनि बयानका लागि बोलाइएको छ। गोयल समूहको डिएफएल प्रालिलाई पनि अख्तियारले बयानका लागि बोलाएको छ।

    बयानका लागि बोलाइएका अधिकांश व्यक्तिहरुले ललिता निवासको मोही भनी दाबी गर्दै आएका थिए।

    अख्यितारले ८६ जनाकै नाम र कित्ता नम्बर उल्लेख गरी सूचना जारी गरेको हो।

  • ११ असार २०७६, बुधबार १४:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित