मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बिप्लव चन्द समूहद्धारा बर्दियाको गेरुवा गाँउपालिका वडानम्बर ६ को वडा कार्यालयमा आगजनी
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया असार,२४। बर्दियाको गेरुवा गाँउपालिका वडानम्बर ६ को वडा कार्यालयमा गएराती नेत्र बिप्लव चन्द समूहद्धारा आगजनी गराइएको छ । मनाउको प्रसेनीपुरमा अवस्थित वडाकार्यालयमा भएको आगजनीबाट कार्यालयका श्रेष्ता लगायत सम्पूर्ण महत्तवपूर्ण कागजात कम्पयुटर लगायत सामानहरु जलेर नष्ट भएको वडा अध्यक्ष टेकबहादुर चौधरीले वताए । कार्यालय वरपर बिप्लबको भेरिकर्णली व्युरो लेखिएको पर्चा भेटिएकाले आगजनी चन्द समूहलेनै गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्गबाङ्गले वताए । आगलागि भएको ठाँउ निरिक्षण गर्ने क्रममा कार्यालयको छत खसेर ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक यमबहादुर मल्ल घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक मदन जीत महराले बताए । घाइतेलाई उपचारका लागि नेपालगंज मेडिकल कलेज पठाईएको प्रहरीले जनाएको छ ।

  • २४ असार २०७६, मंगलवार ०८:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित