मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दार्चुलामा युवक र विवाहित युवती एउटै डाेरी मा झुण्डिएको अवस्थामा फेला
  • मार्गरेखा संवाददाता

  • महाकाली नगरपालिका–४ खलंगा बजारको एक होटलमा दाई बहिनी नाता पर्ने एक युवक र एक युवती झुण्डिएको अवस्थामा फेला परेका छन् ।
    शैल्यशिखर नगरपालिका–५ का करिब २८ वर्षीय महादेव डागा र मालिकार्जुन–४ औतालेककी करिब २२ वर्षीया मनिषा रावल दार्चुला सदरमुकास्थित विष्ट बियर बारको एक कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
    होटल सञ्चालक जानकी विटका अनुसार सोमबार मात्रै जिल्ला सदरमुकाम आएका उनीहरु बेलुकीको खाना खाएर ८ बजेको समयमा कोठामा सुत्न गएका थिए । बिहान चाडैँ कोठामा उठाउन जादा ढोका नखोलेको र भेन्टिलेसनबाट हेर्दा झुण्डिएको अवस्थामा देखेपछि आफैले प्रहरीलाइ खबर गरेको बिष्टले बताउँनुभयो ।
    प्रहरीले घटनास्थलमा पुगेपछि आफन्तलाई खबर गरेको छ । घटनाबारे अद्ययन भइरहेको र आफन्त पुगेपछि सव पोष्टमार्टम गरिने जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो । मनिषाको दुई महिनाअघि मात्रै विवाह भएको थियाे

  • २४ असार २०७६, मंगलवार ११:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित