मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेकाे नरैनापुर गाउँपालिकामा बृहत् बृक्षारोपण
  • मार्गरेखा संवाददाता

  • नरैनापुर, बाँके, साउन ४ । नरैनापुर गाउँपालिकामा आजदेखि बृक्षारोपण सुरु गरिएको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बिरुवा रोपेर बृक्षारोपण कार्यक्रमको सुरुवात गर्नुभएको हो । गाउँपालिकाको सरकारी कार्यालय, सरकारी विद्यालय, वडा नम्बर २ लक्ष्मणपुरस्थित रानी सामुदायिक वनमा बृक्षारोपण गरिने वडा नम्बर १ र ४ का सचिव लक्ष्मीकान्त मिश्राले जानकारी दिनुभयो । करिब २० हजार बिरुवा रोपिने उहाँले वताउनुभयो । नरैनापुर गाउँपालिकाको सहयाेग तथा बहुउद्देश्यीय बिकास मंच नरैनापुर बाँकेकाे अायाेजनामा बृक्षारोपण सुरु गरिएको हो । बृक्षारोपण सुभारम्भ कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाह, वडा नम्बर १ र ४ का सचिव मिश्रा, बहुउद्देश्यीय विकास मंच बाँकेका अध्यक्ष शिवचरण यादव लगायतले बिरुवा राेपी सहभागिता जनाउनुभएको थियो । गाउँपालिकालाई स्वच्छ र हरियाली बनाउन बृक्षारोपण सुरु गरिएको गाउँपालिका अध्यक्ष शाहले वताउनुभयो ।

  • ४ श्रावण २०७६, शनिबार १७:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित