मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके प्रहरीले ५० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
  • मार्गरेखा संवाददाता

  • बाँके प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एकजनालाई नियन्त्रणमा लिएको छ । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र ईलाका प्रहरी कार्यालय जमुनाहको संयुक्त टोलीले ५० ग्राम ब्राउन सुगरसहित नेपालगन्ज–१२ बेलासपुरका २७ वर्षिय उपेन्द्रप्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको हो ।
    आइतबार दिउसो भारतीय नंम्बर प्लेटको युपी २१ एके ६३९८ नंम्बरको मोटरसाईकलमा लुकाएर भारतको रुपैडिहा बजारबाट नेपालगन्ज ल्याउदै गरेको अवस्थामा प्रहरीले सीमा क्षेत्रको जमुनाहमा चेकजाँचको क्रममा सो लागू औषध बरामद गरेको हो । बरामद भएको ब्राउन सुगर एकै पटक एक जनासंग ठूलो परिमाणमा भएको प्रहरीको दाबी छ ।

  • ५ श्रावण २०७६, आईतवार १९:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित