मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

किन दिए सलमानले युलियालाई हिराको औँठी
  • मार्गरेखा संवाददाता

  • रोमानियन मोडल युलिया वन्तुर सधैँ बलिउड अभिनेता सलमान खानसँगको नजिकपनाका कारण चर्चामा रहन्छिन् । युलिया अहिले ३९औँ जन्मदिन मनाइरहेकी छिन् । यस अवसरमा सलमानले उनलाई खास उपहार दिएका छन्, हाल जसको चर्चा चुलिएको छ ।

    भारतीय मिडियाका अनुसार सलमानले युलियालाई हिराको औँठी उपहार दिएका छन् । औँठी उपहार दिने आइडिया भने सलमानलाई उनकी आमा सलमाले दिएकी हुन् । तर, उनीहरूले औँठी भने सार्वजनिक गरेका छैनन् ।

    सलमानको परिवारसँग जोडिएका हरेक विशेष अवसरमा युलिया जोडिने गर्छिन् । साथै, सलमान र उनको प्रेमसम्बन्धबारे पनि मिडियामा चर्चा हुने गरेको छ । तर, उनीहरूले प्रेमसम्बन्धबारे सार्वजनिक रूपमा भने स्विकारेका छैनन् ।

  • ९ श्रावण २०७६, बिहीबार १०:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित