मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेकपाको स्कुल विभागको नेतृत्वलाई लिएर नेकपामा विवाद चर्कियो, आजको सचिवालय बैठक पनि स्थगित
  • मार्गरेखा संवाददाता

  • नेकपाका   चार नेताले दाबी प्रस्तुत गरेपछि चर्किएको स्कुल विभागको विवाद साम्य नभएपछि आज दिउँसो बोलाइएको नेकपा केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ। नेताहरुबीच सहमति हुन नसक्दा बैठक स्थगित भएको हो।

    नेकपाका सबै विभागमध्ये महत्वपूर्ण मानिएको स्कुल विभागमा वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य इश्वर पोखरेल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य घनश्याम भुषालले दाबी प्रस्तुत गरेका छन् । तीमध्ये पूर्व एमालेका इश्वर पोखरेल र पूर्व माओवादीका नारायणकाजी श्रेष्ठबीच नै प्रमुख दाबी रहेको बुझिएको छ। हिजो दिनभर र आज पनि दुवैबीच सहमतिको प्रयास जारी रहेपनि दुवैले अडान नछाड्दा सचिवालय बैठकसमेत बस्न नसकेका हो ।

    पार्टी एकीकरण प्रक्रियामा उक्त विभाग पूर्व एमालेको भागबण्डामा परेको थियो। बालुवाटारमा बसेको पूर्व एमालेका शीर्ष नेताहरुको बैठकले पनि पोखरेललाई दिइने आन्तरिक सहमति भएको थियो । तर अहिले आएर श्रेष्ठले दाबी नछाडेपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल अप्ठेरोमा परेको बताइन्छ । पूर्व माओवादीको अनौपचारिक बैठकले पनि पोखरेललाई अस्वीकार गर्दै श्रेष्ठलाई नै अगाडि सारेको छ । गत आइतबार बसेको सचिवालय बैठकमा पनि यसै विषयमा विवाद भएपछि इन्चार्ज र सह इन्चार्जलाई मात्रै टुंग्याइएको थियो । इन्चार्ज र सहइन्चार्जका विषयमा पनि दुवै पूर्व दलका नेताबीच व्यापक असन्तुष्टि छ।

  • ९ श्रावण २०७६, बिहीबार १३:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित