मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज उपमहानगरपालिकाले १४ कराेड भन्दा बढी आम्दानी गर्न सफल
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज उप–महानगरपालिकाले गत आर्थिकबर्ष २०७५÷७६ मा १४ करोड बढि आन्तरिक आम्दानी गर्न सफल भएको छ । लक्ष्य भन्दा बढि आम्दानी गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेलले बताउनुभयो ।

    उप–महानगरपालिकाले १४ करोड ११ लाख रुपिया आन्तरिक आम्दानी हुने लक्ष्य राखेकोमा १४ करोड ११ लाख ४९ हजार रुपिया आम्दानी गर्न सफल भएको प्याकुरेलले बताउनुभयो ।

    उप–महानगरपालिकाले सम्पत्ति करबाट चार करोड २० लाख, भाँडा तथा बहालबाट एक करोड १३ लाख, बहाल कर एक करोड ७२ लाख, नक्सा पास दस्तुर दुई करोड ८७ लाख, सिफारिस दस्तुर तथा बक्सौनी एक करोड १७ हजार रुपिया राजश्व संकलन गर्न सफल भएको हो ।

    उप–महानगरपालिकामा जनप्रतिनिधीहरु आएपछि राजश्व संकलन बढेको हो । दक्ष जनशक्ति, बाणिज्य सङ्घ, मालपोत लगायतको सहयोग र जनतामा कर तिर्नुपर्छ भन्ने भावनामा विकास भएपछि आम्दानी लक्ष्य अनुसार भएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले बताउनुभयो । करको दायरामा अझ धेरैलाई समेटन बाँकी रहेको भन्दै प्याकुरेलले केही प्रतिशत आम्दानी वडामा उपलब्ध गराउने नीति लिइएको बताउनुभयो । राजश्व संकलन बढाउन मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर लगायत वडा अध्यक्षहरुको महत्वपूर्ण भूमिका रहेको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले बताउनुभयो ।

  • १० श्रावण २०७६, शुक्रबार २०:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित