मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कर्णाली प्रदेश सरकारका मुख्य सचिव केवल किरण भण्डारीकाे नेतृत्वमा नेपालगन्जमा साईकिल यात्रा
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज साईकिल क्लवको आयोजनामा शनिबार साईकिलिङ यात्रा गरेको छ ।
    कर्णाली प्रदेश सरकारका मुख्य सचिव केवल किरण भण्डारी नेपालगन्ज उपमहानगर पालिका मेयर धवल सम्सेर राणा र नेपाल उघोग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठको अगुवाईमा बाँके जिल्लाको नेपालगन्ज उपमहानगर पालिका जानकी र खजुरा गाउपालिकाका विभिन्न स्थानको परिक्रमा गरेको थियो ।साईकिल यात्रीहरूलाई खजुरा गाउपालिका प्रमुख किस्मत कुमार कक्षपतिले खजुरा बजारमा स्वागत गरेका थिए । साईकिलिङ को महत्व आम नागरीकहरूमा जनचेतना जगाउने उदे्श्य का लागि समाजका महत्वपुर्ण व्यक्तिहरूलाई सहभागिता गराउदै आएको नेपालगन्ज साईकिल क्लवका सचिव गगन थापा बताए । सो यात्रमा नेपालगन्जका व्यापारी,समाजसेवी,पत्रकार र नेपालगन्ज साईकिलिङ क्लवका सदस्यहरूको करिव दुई दर्जनहरूको सहभागिता रहेको थियो ।

  • ११ श्रावण २०७६, शनिबार १०:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित