मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सरकारले तेहेरो कर नहटाएमा महासंघले आन्दोलन गर्ने
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,साउन,१५।
    सामुदायिक वन उपभोक्ता महासंघ बर्दियाले सामुदायिक वन उपभोक्ता समूहमा लगाइएका तथा लगाउन प्रस्ताव गरिएका तेहेरो कर नहटाएमा महासंघले आन्दोलन गर्ने घोषणा गरेको छ । बुधवार सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा पत्रकार सम्मेलन गर्दै सो कुरा जानकारी गराएको हो । सामुदायिक वनले नेपालको हरियाली बढाउन खेलेको भूमिकालाई सरकारले मूल्याङ्कन गर्न नसकेको पत्रकार सम्मेलनमा बताइएको छ । बर्दिया जिल्लामा मात्रै गठन भएका बन उपभोक्ता समूह ३ सय ७ वटा रहेको बर्दिया फेकोफनका अध्यक्ष शर्मा चौधरीले बताए । जिल्लामा सामुदायिक बनको क्षेत्रफल २० हजार ३ सय ७ हेक्टर रहेकोले यहाँ बसोबास गर्ने ३ लाख उपभोक्ता लाभान्वित भएको हुँदा यस्ता करका कारण नागरिक प्रत्यक्ष मर्कामा पर्ने अध्यक्ष चौधरीले बताए ।
    सामुदायिक वनले आफ्नो आम्दानीको २५ प्रतिशत वन विकास, ३५ प्रतिशत गरिब तथा विपन्न वर्गको जिविकोपार्जन र ४० प्रतिशत सामाजिक विकासमा खर्च गर्दै आएकोले सरकारले लगाउने तेहरो करले प्रत्यक्ष मारमा जनता पर्ने चौधरीले बताए । उनीहरुले सरकारसँग सामुदायिक वनमा हालसम्म लगाउदै आएको वन पैदावर शुल्क र नयाँ प्रस्ताव गरिएका सम्पूर्ण करहरु हटाउनु पर्ने जोडदार माग गरेका छन् । कार्यक्रममा वन उपभोक्ता समितिका पदाधिकारी संचारकर्मी, गैर सरकारी संस्थाका प्रतिनिधि, नागरिक समाज लगाएतको उपस्थिती रहेको थियो ।
    यस्को फुटेज एफटिपी बर्दियामा आउदै छ ।

  • १५ श्रावण २०७६, बुधबार १९:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित