मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आधारभुत स्वास्थ्य सेवा केन्द्रको गुलरिया नगरपालिका उप प्रमुख शुसिला गिरिद्वारा उदघाटन
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य। बर्दिया साउन १५
    गुलरिया नगरपालिका वडा नं. ७ का स्थानीयले पनि वडा बाटै आधारभुत स्वास्थ्य सेवा पाउने भएका छन् । बुधवार एक कार्यक्रमका विच विधिवत रुपमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको उदघाटन भएपछि वडावासीले आधारभूत स्वास्थ्य सेवा पाउने भएका छन् । ७ सय ५३ स्थानीय तहहरुमा जम्मा १२ सय आधारभुत स्वास्थ्य सेवा केन्द्र संचालनमा ल्याउने सरकारको निति अनुरुप गुलरिया नगरपालिकामा ४ वटा वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र संचालनमा आउने भएका छन् । आधारभुत स्वास्थ्य सेवा केन्द्रमा गर्भवती जाचँ, सुत्केरी जाच, बाल स्वास्थ्य सेवा, सामान्य रुघाखोकी, ज्वरो, झाडापखाला लगाएत स्वास्थ्य सेवा प्रदान गरिने गुलरिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले बताए ।
    गुलरिया नगरपालिका उप प्रमुख शुसिला गिरिले आधारभुत स्वास्थ्य सेवा केन्द्रको विधिवत रुपमा उदघाटन गर्दै अवको दिनमा नगरपालिकाको सम्पूर्ण वडाहरुमा गुणस्तरिय आधारभुत स्वास्थ्य सेवा पुरयाउन नगरपालिकाको प्रयास रहने बताइन । उद्घाटन कार्यक्रममा बोल्दै नगर उप प्रमुख गिरिले सरकारको निति अनुरुप घरआगन बाटै स्वास्थ्य सेवाको लाभ लिन आग्रह गरेको छिन । गिरीले वडावासीले पनि स्वास्थ्य सेवा केन्द्रलाई आफ्नो तर्फबाट पनि सक्दो सहयोग गरी सफल बनाउन लागी पर्न आग्रह गरेकी छिन । यसैगरी वडा नं. ७ की वडाध्यक्ष गिता बस्नेतले मधेशी समुदायका मानिसहरु स्वास्थ्य सेवा केन्द्रमा गई सेवा लिन अप्ठ्यारो मान्ने भएको हुदा वडा मै स्वास्थ्य सेवाको पहुचमा आउन आग्रह गरेकी छिन । अध्यक्ष बस्नेतले स्वास्थ्य केन्द्र भवन वडा नं. ७ का लागी जग्गा खरिद गरिसकेकाले चाडै भवन निर्माणको थालन िहुने बताइन । उनले वडा नं. ७ का लागी वडाको पहलमा एम्बुलेन्सको समेत छिट्टै व्यवस्था गर्ने प्रतिवद्धता जनाएकी छन ।

  • १५ श्रावण २०७६, बुधबार १९:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित