१. स्वास प्रस्वासमा कठिनाई

स्वासप्रूवास सम्वन्धी कुनै पनि प्रकारको समस्या पीपलको बोटको नजिब बस्नु भएमा धेरै फाइदा हुन्छ । यसको लागि पीपलको बोटको बोक्राको केही हिस्सा निकालेर सुकाई सकेपछि यसको चुर्ण बनाइ खानाले स्वासप्रस्वास सम्वन्धि सबै रोग निको हुन्छ । यसको अलवा यसको पत्ता दुतमा उमालेर पिउनाले पनि सबै दम सम्वन्धि रोग निको हुन्छ ।

२. ग्यास्ट्रिक वा कब्जियतको लागि

पीपलको पत्ताको प्रयोग कब्जियत वा ग्यासको समस्यामा औषधीको रुपमा प्रयोग गर्न सकिन्छ । यसलाई पित्तानाशक पनि मानिन्छ , त्यसैले पेटको समस्यको लागि यसको प्रायोग लाभदायिक हुन्छ । यसको ताज ताज पातको रस निकालेर बिहान बेलुका एक एक चम्चा खानाले पित्ताको समस्या पनि समाप्त भएर जान्छ ।

३. दाँतको लागि उपयोगि

पीपलको दन्तमंजन बनाई दात माज्नाले दांत बलियो हुन्छ , दाँतको दुखाईको समस्य समेत निको हुन्छ । यसको अलवा १० ग्राम पीपल को छाला, कत्था और २ ग्राम कालो मरिच पिसेर मंजन बनाई प्रयोग गर्नले दातको समस्य समाधान हुन्छ ।

४. विषको असर कम

प्रभाव कम गर्छ तपाइलाइ कुनै बिषालु जनवारले टोकेमा त्यस समयमा कुनै डाक्टर आउन ढिलाइ भएको हुन सक्छ त्यस्तो समयमा जब पीपलको पत्ताको रस थोरै थोरै पिलाउनाले विषको असर कम हुदै जान्छ ।

५. छाला सम्वन्धि रोग

छालामा हुने कुनै पनि रोग जस्तै दाद , चिलाउने मा पनि पीपलको कमलो पात त्यसै चपाउने वा कमलो पत्ताको काडा पानी बनाई पिउनाले राम्रो हुन्छ । यसको अलवा छाला फुस्रो हुने समस्य पीपल को छालाको पिसेर लगाउनाले फाइदा हुन्छ ।

६. रुघाखाकीमा पनि

रुघाखोकी जस्ता समस्यमा पनि पीपल लाभदायक हुन्छ । पीपलकोपत्ता सुकाएर मिश्रीको साथ यसको काढा पानी बनाएर पिउन सकिन्छ । यसले रुघा छिटो निको हुन्छ ।

७. तनाव कम गर्न

पीपलमा एंटीऑक्सीडेंट भरिपुर्ण रुपमा पाइन्छ , यसको कमलो पत्ता नियमित रूपले चपाउनाले तनावमा कमी आउन थाल्छ , बढौलीपनवाट पनि टाढै राख्न मद्दत गर्छ ।

८.फुटेको दवाई

तपाइको हात खुट्टा फुट्ने समस्य छ भने फाटेको एरियामा पीपलको पात को दुध निकालेर लगाउनाले केही दिनमै फुटेको निको हुन्छ ।

९. चाउरी

पीपलको जरालाई पानीमा भिजाएर पिँध्नुस् र यसको पेस्टलाई अनुहारमा दल्नुस् । पेस्ट सुकेपछि अनुहार धुनुस् । यसलाई नियमित लगाउँदा चाउरी हट्छ ।

१०. दाद र चिलाउने

दाद र छाला चिलाउने समस्या छ भने पीपलका चार पातहरू चपाई चपाई खानुस् । यसो गर्न सक्नुहुन्न भने पीपलको बोक्राको काँढा बनाउनुस् र दाद लागेको ठाउँमा लगाउनुस् ।

११. पेट ठीक गर्न

कब्जियत, ग्यास र पेटको समस्यालाई हटाउन पीपलको ताजा पातको जुस बिहान बेलुका पिउनुस् । यो जुसले वात र पित्त पनि ठीक हुन्छ ।

१२. दम

दमको रोगीका लागि पीपल त वरदानै हो । पीपलको बोक्राको भित्री भागलाई निकालेर सुकाउनुस् । सुकाएपछि धूलो बनाउनुस् र पानीमा भिजाएर दम रोगीलाई पिलाउनुस् ।

१३. घाउचोटमा

घाउ लागेपछि छिट्टो सुकाउनका लागि पीपलका पातलाई तातो पानीमा राख्नुस् अनि घाउमा लगाउनुस् । यसले घाउ सुकाउन थाल्छ ।

१४. पाइताला नरम बनाउन

पीपलको पातबाट निस्कने दूधलाई फाटेको पाइतालामा दल्दा तिनीहरू कोमल र सामान्य हुन्छन् ।

१५. नाथ्री फुट्ने

गर्मीमा प्रायः मानिसको नाथ्री फुट्छ । पीपलका ताजा पातको रस निकालेर नाकमा चुहाउनुस् । यसो गर्दा रगत बग्न बन्द हुन्छ ।

 

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

पिपलको पातबाट धेरै राेगहरुकाे औषधि बनाउन सकिन्छ जस्तै

हाम्रो घर वरपर कतिपय प्राकृतिक बनस्पति उम्रिरहेका हुन्छन, तर चिन्न न सकेर व्यर्थ त्यसलाई नास पार्दै जान्छौ । हाम्रै घर वरपर उम्रेका बनस्पतिमाहरुमा मनिषलाई मृत्यु सम्म डोर्याउने अनगिन्ति रोगहरुलाई रोकथाम तथा पूर्ण रुपमा निर्मूलन गर्ने क्षमता हुन्छ । हामीले बुझ्न मात्र नसक्या हो नत्र भने हरेक रोग हामी आफैले निको पर्न सक्छौ ।

हाम्रो समाजमा पिपलको पूजा गरिन्छ । धार्मिक विश्वासअनुसार लक्ष्मीको श्रापका कारण विष्णु भगवानले एकपटक वनश्पती बन्नु परेको थियो । जहाँ उनी पिपल बनेर जमिनमा उम्रिएका थिए ।

तर वैज्ञानिक दृष्टिकोणले पनि पिपलको महत्व कम छैन । यो मात्रै यस्तो बनस्पती हो, जो २४ घण्टा अक्सिजन दिन्छ । पिपलका पातलाई धेरै प्रकारका औषधि बनाउन प्रयोग गरिन्छ ।

यस्तै रोग निर्मूलन गर्ने क्षमता भएको एउटा वोट हो पीपल । पिपलको जरा, बोक्रा र पातको अनगन्ती फाइदाहरु छन् जसमध्ये आज हामी यहाँहरुको माझमा “पिपलको पात” को बिशेस्ता बारे जानकारी गराउन चहान्छौ ।

रुघा–खोकीको अचूक औषधि

मौसममा आउने बदलाबका कारण हुने सर्दी, खोकी तथा रुघाबाट राहात पाउन पिपलको पातको प्रयोग गर्नुहोस् । पिपलका ५ ओटा पात सफा पानीले पखालेर दुधसँग उमाल्नुहोस् ।

यसमा चिनी हालेर बिहान र साँझ पिउने गर्नुहोस् । दुई दिनमै तपाईको रुघा–खोकी ठीक हुने छ ।

दमका रोगीको लागि बूटी

लगातार खोकी रहने (दम)को रोगीका लागि पिपलको रुख एक औषधिको रुपमा काम गर्छ । यसका लागि पिपलको पातसँगै जोडिएको कमलो डाँठको बोक्रा निकालेर भित्रको भाग घाममा सुकाउनुहोस् ।

त्यसको चूर्ण बनाएर दम रोगबाट ग्रसित बिरामीलाई मनतातो पानीसँग पिउन दिनुहोस् । तीन महिनासम्म नियमित रुपमा यस्तो चूर्ण सेवन गरे दम रोग पूर्ण रुपमा निको हुन्छ ।

निमोनियामा राहत

निमोनियाबाट ग्रसित व्यक्तिले पिपलको पातको जुस बनाएर पिउँदा धेरै राहत पाउँछन् ।

दाँतका लागि

बलियो र सफा तथा सेता दाँतका पनि पिपलको प्रयोग गर्न सकिन्छ । पिपलको पातसँगै जोडिएको कमलो डाँठलाई दाँतुनको रुपमा प्रयोग गर्नुहोस् ।

यस्तै १० ग्राम पिपलको बोक्रा र २ ग्राम कालो मरिचलाई राम्रोसँग पिसेर बनाएको मन्जनले दाँत माँझ्दा दाँत तथा मुखसम्बन्धी धेरै समस्याबाट छुटकारा पाइन्छ ।

मुटुसम्बन्धी रोगको औषधि

पिपलको पातले मुटुसम्बन्धी रोगबाट बचाउँछ । यसका लागि पीपलको १५ वटा हरियो तथा हेर्दा राम्रो पात लिनुहोस्, कोपिला पात चाई प्रयोग नगर्नुहोस । प्रत्येक पातको माथिको र तलको केहि भाग कट्नुहोस ।

पातको बिचको भाग मज्जाले सफा पानीमा पखाल्नुहोस । एक गलास पानी एउटा भाडोमा राखेर पखालिएको पातलाई त्यसमा हाल्नुहोस र कम तापक्रम (आगो) मा पाक्न दिनुहोस । जब पानी उम्लिएर एक तिहाई हुन्छ, भाडोलाई आगो माथिबाट निकालेर पानी सेलाउन दिनुहोस र सफा कपडामा छानेर चिसो ठाउमा राख्नुहोस । त्यति गरेपछि तपाईको औषधी त्यार हुन्छ ।

त्यार भएको उक्त औषधीलाई तीन खुराक बनाएर प्रत्येक तीन – तीन घण्टामा सेवन गर्नुहोस । हृदयघात (हार्ट अटैक)को केहि समय पश्चात लगातार पन्द्रह दिन सम्म यसलाई दैनिक सेवन गरेमा हृदय पुन: स्वस्थ बन्छ र हृदयघातको सम्भावना एकदम न्यून हुन्छ ।

यदि तपाई मध्ये कोहि हृदयघात (हार्ट अटैक)को बिरामी हुनुहुन्छ भने यो उपचार पद्धती अवस्य अपनाउनुहोस् ।

पीपलको पात नै किन ?

पीपलको पातमा हृदयलाई बल र शक्ति दिने अद्भुत अर्थात् अचम्मको क्षमता हुन्छ ।

यस पिपलको पातबाट बनाएको औषधिलाई बिहान ८ बजे, ११ बजे र २ समय बिलाएर सेवन गर्न सक्नुहुन्छ ।

औषधि सेवन गर्दा ध्यान दिनु पर्ने कुरा : खाली पेट औषधि सेवन न गर्नुहोस, नास्ता गरेर मात्र यो औषधि सेवन गर्नुहोस ।

सेवन अबधि सम्म तेल भएको खानेकुरा र चामल प्रयोग गर्नु हुदैन। माछा, माशु, अण्डा, नुन, चिल्लो पदार्थ, मदिरा र धुम्रपानको प्रयोग बन्द गर्नुपर्ने हुन्छ ।

अनार, मेवा, आंवला, बथुआ साग (प्राय: नेपालको तराई भेगमा पाईन्छ), लहसुन, मेथी दाना, मौसंबी, मासको दाल , किशमिश, गुग्गुल, दही इत्यादीको प्रयोग गर्नुहोस ।

ध्यान दिनु पर्ने कुराहरु

यो पद्धतिको कुनै साइड इफेक्ट छैन । कुनै गम्भीर रोग भएमा, यो पद्धति अपनाउनु अघि आफ्नो चिकित्सक संग अबस्य परामर्श लिनु होला ।