मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तुलसीपुरमा कपडा बैंक तथा सहायता केन्द्र संचालन
  • मार्गरेखा संवाददाता

  • दाङ, दाङको तुलसीपुरमा कपडा बैंक संचालन आएको छ । कपडाको पहुँचवाट बञ्चित भएकाहरुलाई मध्य नजर गरी मंगलवारदेखी तुलसीपुर बसपार्कमा केन्द्र संचालन गरेको बैैंकका अध्यक्ष भिमसेन लहरेले बताउनुभयो । ९ जना यातायात ब्यवसायीहरु मिलेर कपडा बैंकको संचालन गरेको उहाँले बताउनुभयो ।
    विभिन्न ठाउँहरुमा कपडा बैक संचालन भएकाले आफुहरुले पनि संचालन गरेको बताउनुभयो । सहायता केन्द्रको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विरेन्द्र शाहले सबैले सहयोग गर्नुपर्ने बताउँदै आफ्नो वडाले पनि यसको विकासको लागि सहयोग गर्ने बताउनुभयो । उहाँले गरिव दुःखीलाई केही न केही सहयोग पुगोस भन्ने उदेश्यका साथ सुरु गरिएको यो अभियानमा सबैले सहयोग गरी निरन्तरता दिनु पर्ने बताउनु भयो । त्यसैगरी कार्यक्रममा यातायात ब्यवसायी महासंघका केन्द्रीय सल्लाकार तथा त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालीका अध्यक्ष सुरेश हमालले यातायात व्यवसायी,कर्मचारी र मजदुरले मिलेर कपडा साहेता केन्द्र संचालनमा ल्याएको बताउनुभयो । उहाँले गरिव दुःखीलाई आफ्नो नाङ्गो शरिर छोप्नको लागि सहायता केन्द्र सहयोगी बन्ने समेत बताउनुभयो । त्यसैगरी सित्तैमा कपडा पाउँदा खुसी नागरिकहरु खुशी भएका छन । सित्तैमा एक जोडा कपडा पाएपछि तुलसीपुर ९ थर्कुडाँडाका रामबहादुर सुनार र उनका सानो छोरा कमलले औधि खुसी लागेको बताउनुभयो । उहाँले आफु जस्ता गरिब दुखीहरुको लागी सहायता केन्द्र खुल्दा राम्रो लागेको बताउनुभयो । त्यसैगरी बबई गाउँपालिकाका सुन्दरखालका अर्का बालक दिपक नेपालीले पनि छानेर सित्तैमा कपडा लैजान पाएकोमा खुसी व्यक्त गरे ।

  • २१ श्रावण २०७६, मंगलवार १८:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित