मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नियमित आउने विद्यार्थीका अभिभावकलाई खाने तेल
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज-नेपालगञ्जको सल्यानीबागमा रहेको नमूना छात्रा विद्यालयमा नियमित आउने विद्यार्थीका अभिभावकलाई खाने तेल दिन थालिएको छ।

    विद्यार्थीलाई नियमित गराउनका लागि विद्यालयले यस्तो उपाय निकालेको हो । मंगलबार ८५ जना विद्यार्थीका अभिभावकलाई २-२ लिटर खाने तेल दिइएको छ।

    महिनामा ८५ प्रतिशत बढी हाजिर हुने विद्यार्थीले यो सुविधा पाउने छन्। नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, उपमेयर उमा थापामगर र वडा नं. ४ का अध्यक्ष सफिक बेहनाले नियमित आउने विद्यार्थीका अभिभावकलाई खाने तेल वितरण गरे।

  • २१ श्रावण २०७६, मंगलवार १८:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित