मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भारतकाे रूपैडिया बजारमा बाँके काेहलपुरका २ जना नेपाली महिलाकाे मृत्यु
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज ।नेपालगन्जको सिमाबर्ती बजार रुपैडिहामा ट्याङ्करले ठक्कर दिदा २ जना नेपाली महिलाको ज्यान गएको छ। घरायसी सामन खरिद गर्न शुक्रबार भारतीय सिमा बजार रुपैडिहा पुगेका बाँके कोहलपुरका २ नेपाली महिलाहरुलाई ट्याङकरले ठक्कर

    रुपैडिहाबाट नेपालगन्ज फर्कदैं गरेको अवस्थामा आशा सिंह भट्टराई र जुनु थपलिया सवार भे ४ प ३८२४ नम्बरको मोटरसाईकललाई नेपाली ट्याङकरले ठक्कर दिएको रुपैडिहा प्रहरी थानाले जनाएको छ । ठक्करबाट मोटरसाईकल चालक भट्टराईको घटनास्थलमै ज्यान गयो भने थपलियाको उपचारका क्रममा मृत्यु भएको रुपैडिहा प्रहरीले जनाएको छ ।

    ठक्कर दिएलगत्तै ट्याङ्करले किचेका करण आशाको ज्यान गएको हो । रुपैडिहा प्रहरीले ट्याङकरको चक्का निकालेर भट्टराईको शव बाहिर निकालेको थियो । मृतक दुबैलाई पोष्टमार्टमकालागि भारतको बहराईच लगिएको छ ।घटनाको बाँके प्रहरीले पुष्टि गरेको छ । घटना स्थल भारतमा पर्ने भएकाले घटना सम्बन्धि सम्पूर्ण कारबाहि प्रक्रिया भारतीय प्रहरीकै मातहतमा रहने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • २४ श्रावण २०७६, शुक्रबार २१:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित