मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्ज उप–महानगरपालिका मा बाख्रामा महामारी
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगञ्ज, साउन २५ गते । नेपालगञ्ज उप–महानगरपालिका २३ मा बाख्रामा महामारी फैलिएपछि उप–महानगरपालिकाले शनिबार निशुल्क आकस्मिक पशु स्वास्थय शिविर संचालन गरेको छ ।

    नेपालगञ्ज उप–महानगरपालिकाको पशु सेवा शाखाले महामारी फैलिएको स्थानमा शनिबार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेको सहकार्यमा वडामा आकस्मिक निशुल्क पशु स्वास्थ्य शिविर संचालन गरेको छ ।

    करिब दुईसातादेखि फैलिएको महामारीले ५० बढि खसि र बाख्रा मरेको वडा अध्यक्ष मोहम्मद हुसेन शेषले जानकारी दिनुभयो ।

    बाख्रामा पखाला लाग्ने, नाकबाट सिगान बग्ने, आँखामा चेप्रा पर्ने, खोक्ने लक्षण देखिएको छ । शिविरमा किसानहरुले विरामी भएका र नभएका सबै खसिबोका र बाख्रा स्वास्थ्य परिक्षणका लागि ल्याएको उप–महानगरपालिकाका पशु स्वास्थ्य प्राविधिक लक्ष्मी शाहीले जानकारी दिनुभयो । शाहीले बाख्रामा देखिएको रोगको लक्षणका आधारमा पिपिआएर रोग लागेको हुन सक्ने अनुमान गरिएको बताउनुभयो । वडा नम्बर २३ को भज्जिपुर्वा र जंगलीसिंहपुर्वामा शनिबार दुई स्थानमा निशुल्क स्वास्थय शिविर संचालन गरिएको हो । शिविरमा ११७ घरधुरीका ८६४ वटा खसिबोका र बाख्राको स्वास्थ्य परीक्षण गरि औषधी उपचार गरिएको छ । शिविरमा अस्पतालका पशु चिकित्सक डा. गणेशबहादुर पुनसहित ११ जना पशु स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।

  • २६ श्रावण २०७६, आईतवार ११:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित