मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दश हजार बिरुवा रोप्ने अभियानको शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले शुभारम्भ
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज – शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले  आईतवार  जमुनाहस्थित सडकको ग्रिनबेल्टमा बिरुवा लगाउँदै मन्त्री राईले दश हजार बिरुवा रोप्ने अभियानको शुभारम्भ  गरे ।

     

    रुख रोप्ने अभियानको उद्घाटन गर्दै मन्त्री राईले गाउँ शहर हराभरा बनाउनतिर लागौं  यसका लागि प्रत्येकले घरमा कम्तिमा दुईवटा रुख रोपौं । एउटा फलफुलको अर्को अन्य कुनै रुख  सर्वसाधारणसंग अनुरोध गर्दै मन्त्री राईले  शहरी सौन्र्दयता बढाउन यो भन्दा अर्को उपाय हुन सक्दैन बताउदै     सातैवटा प्रदेशमा यस्तो अभियान सुरु भएको जानकारी दिदै नेपालगञ्जमा दुई महिना भित्र दश हजार रुख रोपिने छ । ‘सडक, सार्वजनिकस्थल र सरकारी कार्यालय जहाँ जहाँ ठाउँ उपलब्ध हुन्छ हामी रुख लगाउँ बताए  ।  रुख रोप्ने अभियानमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणा लगायत जिल्लास्थित नेपाली सेना, प्रहरी, प्रशासन र राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो ।

     

  • २६ श्रावण २०७६, आईतवार १२:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित