मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आठौं राष्ट्रिय खेलकुद भएपछि पहिलो पटक क्वीन्स कप छात्रा फुटबल हुदै
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज – नेपालगञ्जमा जारी क्वीन्स कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगितामा दीपज्योती विद्या निकेतन, डिगिया, भेरी विद्या मन्दिर, राँझा र जनज्योती पब्लिक हाइस्कूल, कोहलपुर सेमिफाइनलमा पुगेका छन् । असार १३ गतेदेखि शुरु भएको क्वीन्स कप पानी परेपछि रोकिएको थियो ।
    आठौं राष्ट्रिय खेलकुद भएपछि पहिलो पटक खुल्ला गरिएको नेपालगञ्ज रंगशालामा भएको शुक्रबारको खेलमा दीपज्योतीले ग्रिनपिस मावि, कोहलपुरलाई र भेरी विद्या मन्दिर, राँझाले युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगञ्जलाई र जनज्योतीले नेपालगञ्ज मोडेल एकेडेमीलाई पराजित ग¥यो ।
    पहिलो खेलमा दीपज्योतीले ग्रिनपिसलाई ४–० गोलले पराजित ग¥यो । फुटबल प्रशिक्षक सानु तामाङका अनुसार, दीपज्योतीको तर्फबाट पूजा बुढाले ७, २७ र ३१ मिनेटमा गोल गरेर ह्याट्रिक गरिन् । अर्को एक गोल १५ मिनेटमा लक्ष्मी बस्नेतले थपिन् ।
    अर्को खेलमा भेरी विद्याले युनाइटेडलाई ३–० गोलले पाखा लगायो । भेरीबाट शोभा थापाले १३, सुप्रिया थापाले २१ र रुक्मिना मगरले २८ मिनेट गोल गरे ।
    तेस्रो खेलमा जनज्योतीले नेपालगञ्ज मोडेललाई ६–० गोलले पाखा लगायो । जनज्योतीका लागि रोजी सुवेदीले ह्याट्रिक गरिन् । उनले १२, ४८ र ५९ मिनेटमा गोल गरेकी थिइन् । अञ्जली चौधरी, विनिसा सुनार र सलिना विष्टले एक÷एक गोल गरे ।
    सेमिफाइनलमा भेरीले अमर माविसँग खेल्नेछ । दीपज्योतीले जनज्योतीसँग सेमिफाइनल खेल्नेछ । क्वीन्स कपमा छात्रको फाइनल खेलमात्रै बाँकी रहेको छ ।

    फोटो ः

  • ३१ श्रावण २०७६, शुक्रबार १९:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित