मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जमा संचालित आधारभुत विद्यालयलाई देशकै उत्कृष्ट र नमूना छात्रा विद्यालयका रुपमा विकास गरिने नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगञ्ज, भदौं १ गते । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले सल्यानीबागस्थित आधारभुत विद्यालयलाई देशकै उत्कृष्ट र नमूना छात्रा विद्यालयका रुपमा विकास गरिने बताउनुभएको छ । छात्राहरु मात्रै अध्ययनरत विद्यालयको आइतबार स्थलगत निरीक्षण गरि भौतिक पूर्वाधारबारे जानकारी लिदैं प्रमुख राणाले विद्यालयमा उपमहानगरपालिकाले कुनै पनि अभाव हुन नदिने बताउनुभयो । शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा र ईञ्जिनियर निवेश शर्मासहित पुग्नुभएका प्रमुख राणाले विद्यालयका परामर्शदाता किरण आचार्यसँग विभिन्न विषयमा छलफल गर्नुभएको थियो । छात्रा विद्यालय बनाउन उपमहानगरपालिकाको सहयोग रहेको छ ।

    विद्यालयमा २४९ बालिका अध्ययनरत रहेका छन् । जसमा अधिकाँश मधेसी र मुस्लिम समुदायका बालिका रहेका छन् । कन्या कलेज आगामी शैक्षिकसत्रदेखि सञ्चालन हुने क्रममा रहेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । सो अवसरमा विद्यार्थीहरुले विगतमा भन्दा अहिले पढाईमा धेरै सुधार भएको बताए । परामर्शदाता आचार्यले शिक्षकले समयमै विद्यालयमा पुगेर विद्यार्थी केन्द्रीत सिकाईमा ध्यान दिने हो भने मात्रै पनि शैक्षिक अवस्थामा सुधार आउने बताउनुभयो ।

  • १ भाद्र २०७६, आईतवार १९:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित