मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेका स्थानिय तहरुको वेरुजु फछ्यौटको लागि ध्यानाकर्षष पत्र
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगन्ज २ भदौ ÷ बाँकेका स्थानिय तहरुको वेरुजु फछ्यौटको लागि जिल्ला समन्वय समिति, बाँकेका संयोजक अजय कुमार श्रीवास्तवलाई ध्यानाकर्षष पत्र बुझाइएको छ । बाँके जिल्लाका नागरिक समाज संस्थाहरु, सामाजिक अभियन्ताहरुले बाँकेका ८ वटै स्थानीयतहहरुको वेरुजु रकम बढ्रदै गैरहेकोले तत्काल वेरुजु फछ्यौट गरि स्थानीय तहहरुको पारदर्शिता र सुशासन कायम गर्नको लागि ध्यानाकर्षण पत्र बुझाईएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी बताउनुहुन्छ ।
    जनताले सरकारलाई बुझाएको करको विषयमा उनिहरुले जान्न, बुझ्न पाउने र आएको बेरुजु रकम फर्यौटको लागि अनुरोध गर्न पाउने उनिहरुको हक भएको हुँदा बाँकेका ८ वटै स्थानिय तहहरुले आ–आफ्नो स्थानीय तहहरुको वेरुजु फछ्र्यौट गरी पारदर्शी, जवाफदेही तथा सुशासनयुक्त तवरले विकासका कृयाकलापहरु संचालन गर्न पनि अनुरोध गरिएको छ । जिल्ला परिषदमा बेरुजु फछ्यौटको लागी बाँकेका सवै स्थानीय तहरुलाई विशेष रुपले पहल गर्नको लागि ध्यानाकर्षण–पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाउनेहरुमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी, कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवाली, जवाफदेहिता अधिकृत सोम गुरुङ्ग, कृष्णमुरारीप्रसाद भट्ट, सुदिप भट्टराई, बासका मन भण्डारी, हेमराज भट्ट र पत्रकार रजनी योगी रहेका छन् ।

  • २ भाद्र २०७६, सोमबार २१:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित