मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

काँग्रेस नेता निधी आरोप ओलि सरकारले सातै प्रदेश मुख्यमन्त्रीलाई कमजोर बनाउदै
  • मार्गरेखा संवाददाता

  • बुटवल, भदौ ३ ।
    नेपाली कांगे्रसका उपसभापति विमलेन्द्र निधिले ओलि सरकारले अधिकार आफै सकुचित गरेर राखी प्रदेश मुख्यमन्त्री र गृहमन्त्री कमजोर बनाएको आरोप लगाएका छन् ।
    उनले संविधान र संघीयमर्म अनुसार सरकारले प्रदेशलाई दिनुपर्ने अधिकार नदिदा सुरक्षादेखी धेरै बिषय प्रदेशमा मूख्यमन्त्री कमजोर भएको बताए । उनको सातै प्रदेशका मुख्यमन्त्रीलाई निरही बनाउने काम सरकारले गरेको दाबी रहेको छ । ।
    रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ लेआज बुटवलमाआयोजना गरेको साक्षात्कारमा बोल्दै सरकार संविधान र संघीय मर्म अनुसार चल्न नसक्दा लोकतन्त्र कमजोर हुदै गयको बताए ।उनले सरकार र सत्तापक्षीयदल नेकपाका कारण संधिान र संघीयता धरापमा परेको आरोप समेत लगाए ।सरकार अपरिपक्क र फितलो हुंदा संविधान कार्यान्वय नहुन नसकको दावी गरे।
    पूर्व गृहमन्त्रीसमेत रहेका नेता निधीले सरकारले शान्ति सुरक्षा दिन नसकेको उल्लेख गर्दै हत्यारा, अपराधी, डकैती गर्नेहरुलाई पक्राउ गर्न नसक्नु सरकारको असफलता भएको बताए । उनले निमर्ला हत्या प्रकरण रेकडेट युस्सु भएको समेत दावी गरे ।
    उनले कांगे्रसको नेतृत्वमा संविधान र संघीयता आएको दावीगर्दै काङ्ग्रेस संविधान र संघीयताको पक्षमा रहेको बताए ।
    ।राजनीतिकअधिकार र विकासका कामलाई जनतासम्म पुराउने गरी कांगे्रसले माथिदेखि तलसम्म प्रशिक्षण चलाएको बताए ।सोही क्रममा प्रदेश ५ मा दुई दिने प्रशिक्षण चालएको छ । नेपाली काँग्रेसले प्रदेश तल्लो तह बलियो बनाउदै जुन सुकै बेला पनि हुने निर्वाचनमा तयार बन्ने बताए ।रामकुमार क्षेत्रीको अध्यक्षता र तेजेन्द्र केसीको सञ्चालनमा भएको थियो ।

  • ३ भाद्र २०७६, मंगलवार २०:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित