मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ ले नमूना बाल विकास केन्द्रलाई सामाग्री
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगञ्ज, भदौं ३ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ ले नमूना बाल विकास केन्द्रलाई सामाग्री सहयोग गरेको छ । मंगलबार वडा अध्यक्ष सुरेन्द्र बैश्य(गुप्ता)ले कपडा, जुत्ता, ट्रयाकसुट र ब्याग वितरण गरिएको जानकारी दिनुभयो । वडा अध्यक्ष बैश्य, वडा सदस्य निखिल बैश्य , नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले विद्यार्थी र अभिभावकलाई सामाग्री हस्तान्तरण गर्नुभएको हो । करिब ४३ हजार मुल्य बराबरको सामान सहयोग गरिएको वडा अध्यक्ष बैश्यले बताउनुभयो । सहयोग प्राप्त गरेपछि अभिभावकहरु खुशी भएका छन् । केन्द्रमा २४ जना विद्यार्थी अध्ययनरत छन्

  • ३ भाद्र २०७६, मंगलवार २०:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित