मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रेडियो नेपालमा कार्यरत तीन जना पत्रकारलाई जागिरबाट बर्खास्त चौतर्फी बिरोध
  • मार्गरेखा संवाददाता

  • डोटी । रेडियो नेपालमा कार्यरत तीन जना पत्रकारलाई जागिरबाट बर्खास्त गरेपछि चौतर्फी बिरोध भएको छ।

    प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई विना सूचना र विना कारण बर्खास्त गरेपछि पेशागत तथा छाता संघ–संगठनहरुले चौतर्फी बिरोध जनाएका छन्।

    पत्रकार रावल १० बर्ष देखि रेडियो नेपालमा कार्यरत थिइन् भने बम र कुँवर तीन बर्ष देखि कार्यरत थिए। तीनै जनालाई सोमबार रेडियो प्रसार सेवा विकास समितिले कारण नै नखुलाई जागिरबाट बर्खास्त गरेको थियो।

    त्यसको बिरोधमा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन डोटी शाखाले प्रेस विज्ञप्ती जारि गर्दै बिरोध जनाएको छ। त्यस्तै नेपाल प्रेस युनियन केन्द्र र नेपाल पत्रकार महासंघ प्रदेश समितिले समेत प्रेस विज्ञप्ती जारी गर्दै प्रसार सेवा विकास समितिलाई तुरुन्त निर्णय सच्याउँन अनुरोध गरेकोछ।

    नेपाल पत्रकार महासंघ डोटी शाखाले मंगलबार रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायल मार्फत रेडियो नेपाल काठमाण्डौंका कार्यकारी निर्देशकलाई ज्ञापनपत्र पठाएको छ।

    महासंघका अध्यक्ष योगेन्द्र बलायरद्वारा हस्ताक्षेरित ज्ञापन पत्रमा सरकारी सञ्चारमाध्यमले विनाकारण श्रमजीवि पत्रकारहरुलाई जागिरबाट निकालेकोे प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    ज्ञापन पत्रमा रेडियो नेपालमा कार्यरत तीन जना पत्रकारलाई विना कारण जागिरबाट निकालिएको उल्लेख गर्दै यस्तो कार्य रेडियो नेपालको ईतिहास तथा नेपाली पत्रकारिताको ईतिहाँसमा सबैभन्दा दुखदायी र आततायी घटनाको रुपमा रहेको जनाएको छ ।

    ज्ञापनपत्र मार्फत पूर्वाग्रहीपूर्ण उक्त निर्णय तुरुन्त सच्याएर तीनैजनाको पुनर्वाहली गर्दै काममा फर्काउन माग गरिएको छ। अन्यथा पत्रकारको हकहित र सुरक्षाका लागि आन्दोलनमा उत्रने चेतावनी दिदैँ यस्ता अन्यायपूर्ण र अलोकतान्त्रीक निर्णयविरुद्ध नेपाल सरकार र सम्बन्धीत सबैको ध्यानकर्षण गराएको छ।

  • ४ भाद्र २०७६, बुधबार ०९:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित