मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दिया खसी बोका तस्करीको हब बन्दै फोटो ( फिचर सहित)
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    गुलरिया, ६ भदौ । बर्दियामा तस्करी गर्दै रहेको अवस्थामा खसी सहितको ट्रक सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रूपमा नेपाल भित्राई काठमाडौँतर्फ लैजान लागेको ना ६ ख ९४९२ नं को सो ट्रकसहित १ सय ४४ वटा खसी प्रहरीले नियन्त्रणमा लिएको हो ।
    खसी÷बोका सहितको उक्त ट्रक गुलरिया नगरपालिका १२ स्थित टेशनपुरबाट नियन्त्रणमा लिएर भन्सार कार्यालयमा गुलरियामा बुझाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाका प्रहरी उपरिक्षक यादव विश्वकर्माले बताए ।
    तस्करहरुले बर्दियाबाट पछिल्लो समय बिनाभन्सार भारतीय खसी÷बोकाहरू नेपाल छिराएर काठमाडौँसम्म पु¥याउने गरेका छन् । नजिकिदै गरेको चाडबाडको बेला खसिबोकाको व्यापार अझ वढ्ने भएका कारण तस्करी अझ मौलाउदै जाने भएकाले अझ थप कडाईका साथ प्रहरी परिचालन हुने सशस्त्र प्रहरी सुरक्षा कार्यालय बर्दियाका प्रमुख विश्वकर्माले बताए । बरामद गरिएको खसि÷बोकाको सरकारी मूल्याङ्कन १४ लाख ७० हजार रुपैया रहेको गुलरिया छोटि भन्सार कार्यालय प्रमुख उपेन्द्र हमालले बताए ।

  • ६ भाद्र २०७६, शुक्रबार १२:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित