मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लायन्स क्लब दाङ देशकै उत्कृष्ट
  • मार्गरेखा संवाददाता

  • शरद रेग्मी
    भदौ ७
    लायन्स क्लब डिष्ट्रिक ३२५ बिटु अन्तर्गत देशभरका १८८ क्लब मध्ये लायन्स क्लब अफ दाङ देशभरकै उत्कृष्ट भएको छ । पदस्थापन भएको एक महिना भित्र सबैभन्दा धेरै कार्यक्रमहरु सम्पन्न गरेको भन्दै आज काठमाडौं सम्पन्न भएको प्रथम क्याबिनेट बैठकमा लायन्स क्लबका अध्यक्ष यज्ञबहादुर केसि लाई सम्मान गरिएको छ ।
    डिष्ट्रिक गभर्नर अनुप पहाडी र अन्तर्रा्ष्ट्रिय निवर्तमान डाईरेक्टर सञ्जय खेतानले विशेष समारोहमा अध्यक्ष केसि सम्मान गर्नुभएको थियोे ।
    एक महिनाको अबधिमा लायन्स क्लबले तुलसिपुरमा भएको जग्गाको ब्यबस्थापन,शान्ति उधानमा बृक्षारोपन,प्रत्येक मङगलबार सरसफाइ अभियानमा सहभागी,बसपार्कमा गरेको सरसफाइको नेतृत्व,स्वागत बोर्ड स्थाप,कपडा बैकलाई सहयोग र भब्य समारोहबीच पदस्थापन कार्यक्रम आयोजन गर्न सफल भएको भन्दै उत्कृष्ट क्लब घोषणा गरिएको थियोे ।
    देशभर बाट झण्डै दुई हजारको सङ्ख्यामा सहभागीता रहेको क्याबिनेट बैठकमा सबैभन्दा बढि एस पाच नम्बर एरियाबाट लायन्स सदस्यहरु सहभागी गराउन सफल भएको भन्दै लायन्स अगुवा डिष्ट्रीक को चिफ एडभाईजर बिनोद कुमार श्रेष्ठ र एरिया चिफ लब अधिकारिलाई अन्तर्रा्ष्ट्रिय पिनबाट सम्मान गरिएको थियोे ।

  • ७ भाद्र २०७६, शनिबार १८:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित