मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके युनेस्को क्लबले विपन्न तथा अनाथ मुस्लिम बालबालिकालाई छात्रबृत्ति रक वितरण
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, ८ भाद्र । बाँकेका मुस्लिम समुदायका गरिब असहाय, विपन्न तथा अनाथ बालबालिकाहरुलाई दोस्रो किस्ता अन्र्तगत छात्रबृत्ति रकम हस्तान्तरण गरिएको छ । कतार च्यारेटीको सहयोगमा बाँके युनेस्को क्लबले बालबालिका, शिक्षक र परिवारलाई आज एक कार्यक्रमका विच चेक प्रदान गरेको छ ।
    बाँके जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत ४५ जना बालबालिकालाई छात्रबृत्ति सहयोग, ५ जना शिक्षकको पारिश्रमिक र १ जना परिवारलाई सहायता सहयोग गरि ५१ जनालाई सहयोग उपलब्ध गराइएको युनेस्को क्लबका अध्यक्ष प्रबेज अलि सिद्दिकीले बताउनुभयो । उहाँका अनुसार नगद सहयोगमा रु १५ हजारदेखि रु ३५ हजारसम्मको चेक रहेको छ ।
    आज आयोजित एक कार्यक्रममा कतार च्यारेटीका संरक्षण अधिकृत जियाउल रहमान खा, क्लबका सल्लाहकार राकेश कुमार मिश्र, वित्त तथा प्रशासन प्रमुख बेद प्रकास पंगाली, र आइडियल पब्लिक स्कुलका प्रिन्सीपल इलियास अन्सारीले ती बालबालिकाहरुलाई चेक वितरण गर्नुभएको थियो ।
    त्यस अवसरमा सहभागि बालबालिकाहरुलाई स्वास्थ्य शिक्षाका बारेमा जानकारी गराइएको थियो । क्लबले अति विपन्न परिवारका बालबालिकालाई शिक्षा आर्जनमा सहयोग पुरयाउन शैक्षिक सामाग्री, छात्रबृति, शैक्षिक किटस, अभिभावकको आय आर्जनका लागि कतार च्यारेटीको सहकार्यमा निरन्तर रुपमा सहयोग गर्दै आएको क्लबका अध्यक्ष सिद्दिकीले बताउनुभयो ।

  • ८ भाद्र २०७६, आईतवार १७:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित