मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बबई बहुमुखि क्याम्पसमा जिल्लाकै मागपुरा हुने गरि शैक्षिक गुणस्तरमा वृद्धि भएको —अग्रवाल
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,भाद्र११,। बर्दियाको सदरमुकाम गुलरियामा रहेको बबई बहुमुखि क्याम्पसको शैक्षिक गुणस्तरमा अगडि बढिरहेको बबई बहुमुखि क्याम्पसका प्रमुख बिनोद कुमार अग्रवालले वताएका छन् । गत साल आङ्गिक क्याम्पस भएसंगै यस क्याम्पसमा बिज्ञान तथा प्रविधि संग जोडिई जिल्लाकै मागपुरा हुने गरि शैक्षिक गुणस्तरमा वृद्धि भएको उनले दावि गरेका छन् । बबई बहुमुखि क्ंयाम्पस गुलरियाको ३२औ स्थापना दिवस तथा आङ्गिक क्याम्पसको प्रथम बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्नै क्रममा उनले क्याम्पसमा गुणस्तर सुनिश्चितता प्रतयायान (क्यु.ए.ए.)को काम पनि अन्तिम चरणमा पुगेको वताए । (क्यु.ए.ए.)को सर्टिपीकेट प्राप्तको लागि समेत यस क्याम्पसमा काम भईरहेको क्याम्पस प्रमुखको भनाई छ । सामान्य रुपमा संचालन हुदै आएको बबई बहुमुखि क्याम्पस आङ्गिक क्याम्पस भएसंगै बाँकेको महेन्द्र बहुमुखि क्याम्पस संग हैसियत राख्ने प्रध्यापक संघका अध्यक्ष राजेन्द्र प्रसाद धितालले वताए । बिएस्सी एजि कक्षा संचालनका लागि यस क्याम्पसले बिश्वबिद्यालय संग समन्वय गरिरहेको धितालले वताएका छन्। बर्दिया कृषिका लागि महत्तवपूर्ण जिल्लाका रुपमा रहेकाकारण बिएस्सी एजी कक्षा संचालन संगै आगामी दिनमा कृषिमा छलाङ्ग मार्नै अध्यक्ष धितालले वताएका छन् । कार्यक्रममा स्थानीय जनप्रतिनिधी संचारकर्मि अभिभावक बिद्यार्थी लगाएतको उपस्तिथी रहेको थियो ।

  • ११ भाद्र २०७६, बुधबार १९:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित